बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै

News Summary

Generated by OK AI. Editorially reviewed.

  • बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज विश्वासको मत लिँदैछन्।
  • आफ्नै पार्टीका नेता बहादुर सिंह लामालाई ‍हटाएर बानियाँ २० साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
  • बानियाँलाई विश्वासको मत दिन कांग्रेस र एमालेले ह्वीप लगाएका छन्।

२७ साउन, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज विश्वासको मत लिँदैछन् ।

frontline

नेपाली कांग्रेसका प्रदेश सभा सदस्य बानियाँ २० साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनी आफ्नै पार्टीका नेता बहादुर सिंह लामालाई अविश्वासको प्रस्तावले हटाउँदै मुख्यमन्त्री बनेका हुन् ।

बानियाँले विश्वासको मत लिनका लागि आज दिउँसो ४ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

बानियाँलाई विश्वासको मत दिन सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले ह्वीप लगाएका छन् ।

इन्द्रबहादुर बानियाँ |बागमती प्रदेश

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here