प्राविधिक शिक्षा अहिलेको आवश्यकता हो : मुख्यमन्त्री जम्कट्टेल

​​बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्राविधिक शिक्षा अहिलेको आवश्यकता भएको बताएका छन् ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घले आज आयोजना गरेको कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् ।

frontline

अब पाठ्यक्रम सुधार गरेर सैद्धान्तिक ज्ञान हासिल गरी विद्यार्थीहरूलाई व्यवहारमा लागू गर्न उत्प्रेरणा जगाउनुपर्ने उनको भनाइ थियो ।

अहिले शिक्षा क्षेत्रमा वितृष्णा फैलिएको औंल्याउँदै उनले नेपालमा अध्ययन गरेपछि विदेश जाने परिपाटी बन्द गराउन व्यावहारिक शिक्षा आवश्यक भएको बताए । 

प्राविधिक विषय अध्ययनमा कोटा प्रणालीको अन्त्य गर्न सरकार लागिरहेको उनले जानकार दिए । स्वास्थ्य र शिक्षाको लगानी अब प्रतिफल दिने गरी काम गर्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापकहरूलाई उनले आग्रह गरे । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here