प्रवासी नेपालीहरुको अधिकार, दोहोरो नागरिकता सुनिश्चित नहुदासम्म संघर्ष-प्रदिप पौडेल
सृष्टीका सबै कुरा चलयामान छन् । त्यसमा सबैभन्दा बिकसित प्राणी मानिस अझबढि चलायमान हुने नै भए । बिकास क्रमलाई केलाएर हेर्ने हो भने सुविधा र अवसरका लागि सर्वत्र भौतारिरहेने प्राणी मानिस हो । आदिम कालमा खानाको खोजि र सुरक्षाका दृष्टिकोणले बसाइ सराई हुने गर्थ्यो । औधोगिक युगमा आएर विकास, ब्यबसाय र उद्योगिक बिकासका लागि ।
गतिसिलतासँगै झाँगिएको शक्ति संघर्ष र स्वार्थकै अभियानले निम्त्याएको पहिलो–दोस्रो विश्व युद्ध मानव जातीकै संहारका लागि थिए । बिनासकारी युद्ध पछि तंग्रिएको मानव समुदायले अध्ययन , अनुसन्धान र अन्वेषणका काममा भने झनै तिब्रता दियो । भुगोलका सीमाहरु मधुरा भए । ज्ञान ,सीप र अवसरको खोजिमा रहेका मानिसहरुलाई विश्वभरका ज्ञानपुन्जमा जोडिने ढोकाहरु खुला भए । विश्व समुदाय ग्लोबल भिलेजमा परिणत भयो ।
शितयुद्द पछि मानविय क्षमता र संसाधनलाई आकर्षित गर्ने विश्व भरि नै होडवाजी नै चल्यो । फुलब्राईट, रसियन प्लान, कोलम्बो प्लान त्यसैका उपज हुन् । धनी र प्रभावशाली देश मात्रै हैन, अरु साना ठुला देशले पनि क्षमता भएका मानिसलाई आकर्षित गर्ने कार्यक्रम ल्याए । यो विश्वब्यापी लहरबाट नेपाल पनि अछुतो रहन सकेन ।
मुख्यत ७०–८० को दशकबाट छिटफुट रुपमा युरोप, अमेरिका र अष्ट्रेलियामा अध्ययन र अवसरका लागि नेपालीहरु जान थालेका थिए । सन् ९० को दशकमा स्वभियत संघको विघटनसँगै विश्व राजनितिमा ठुलो हलचल भयो । केन्द्रिक्रित राज्य प्रणाली र तानासायी सरकारहरु ढले । यो घटना पनि आधुनिक बिकास र परिवर्तनको बाहक थियो । पुजिवादी अर्थतन्त्रको जग झन बलियो भयो । प्रविधिको बिकास र विश्व वजारिकरणले तिब्रता पायो । ब्यापार, अध्ययन, अनुसन्धन र श्रम बजारमा नेपालीहरु विश्वभर छरिए । यही मोडबाट प्रवासी नेपालीहरुका जीवन गाथाका थुप्रै कथा ब्यथाहरु पढ्न, सुन्न र भोग्न पनि पाइयो ।
अहिले हामी अमेरिकामा छौं । देशको भूगोलबाट जति नै टाढा भएपनि जन्मभुमीको माया, भाषा, संस्कृति चाडवाड र मेला पर्वले छुट्नै नसक्ने गरी जोडेको छ । तर बिदेशमा हुर्कदो नेपाली दोस्रो पुस्तालाई यी सबै पक्षमा जोड्न सजिलो छैन ।त्यसैले नेपाली संस्कार भाषा, संस्कृति, चाडवाड र मेला पर्व बारे सिकाउन नेपाली संघ संस्थाले ३ दशक देखि काम गरिरहेका छन् । परदेशमा वसेर नेपालीहरुले गरिरहेको यो संघर्ष प्रसंसनिय छ । भाषा ,संस्कृति जोगाउने पक्ष मात्रै हैन, विदेशमा मर्दा–पर्दा र नेपालमा विपदको समयमा यी संस्थाले निर्वाह गरेको भुमिका अतुलनिय छ ।
यही जगमा टेकेर विश्वभर छरिएर रहेका नेपालीहरुको हित साथै नेपालको बिकासमा समेत सहयोग गर्ने भन्दै गैर आवासिय नेपाली संघ एनआरएनएको जन्म भयो । नेपाल सरकारले बैधता पनि दियो । एनआरएनएको विशेष प्रयासले प्रवासमा वस्ने नेपालीहरुको पहिचान र अधिकार नेपालको संबिधानमा समेत समेटिन पुग्यो । प्रवासी नेपालीहरुको अधिकारलाई थप प्रष्ट रुपमा परिभाषित गर्दै नियमावली र निर्देशिका बन्ने चरणमा छ । प्रवासी नेपालीहरु लागि यो एउटा उपलब्धि हो । तर दोहोरो नागरिकता सुनिश्चित नहुदासम्म संघर्ष गरिरहनु पर्छ ।
नेपालमा प्रवासी नेपालीको अधिकारका लागि सरकारसँग पहल गर्ने र विदेशमा भाषा,संस्कार संस्कृतिको प्रवर्धनमा नेपाली संघ संस्थासँग सहकार्य गर्ने एउटा उद्धेश्य हो । नेपालमा आपद् विपद पर्दा होस वा विदेशमा रहेका नेपालीहरुलाई आवश्यक पर्दा सहयोग जुटाउने र पठाउने काम त भइरहेकै छ ।
अहिलेसम्म गरिरहेका काम र प्रयासहरुले पनि एनआरएनएको भुमिका प्रष्ट हुन्छ । प्रवासी नेपालीहरुका स्थानिय संघ संस्था र एनआरएनएको काम र भुमिका निक्कै फरक छ । यद्यपि कतिपय समान प्रकृतिका कामका कारण भ्रम भनौ वा अस्पष्टताहरुले संसय खडा गरेको छ ।
एनआरएनएले सबै काम गर्न संभवनै छैन । प्रदेशमा रहेका स्थानिय संघ संस्थाहरुले धेरै प्रभावकारी काम गरिरहेका छन् । विदेशमा जातिय क्षेत्रिय संघ संस्थाले पनि कतिपय शहरहरुमा नेपालीहरुको विविधता झल्काउने गरि भिन्न भिन्न कार्यक्रमहरु गरिरहेका छन् । समग्रमा परदेशमा छरिएर रहेका नेपालीलाई जोड्ने र पहिचान बढाउन टेवा पु¥याइ रहेकाछन् ।
परदेशमा रहेका स्थानिय संघ संस्था र एनआरएनए बीच दरिलो संवन्ध बिकास गर्न विधानमा नै संसोधन गरि केही नयाँ विधि,कार्य शैली र पद्धतिको बिकास गर्नु पर्ने हुन्छ । सवन्वयकारि भूमिकालाई सशक्त बनाउन ५० भन्दा बढि सदस्य रहेका स्थानिय संस्थाले सहकार्यका लागि सहभागी हुन चाहेमा एनआरएनएमा सम्मान जनक भुमिका पाउने प्रावधान समाबेस गर्नु पर्छ ।
जिम्मेवारी र कुनै भुमिका दिएर मात्र उनीहरुलाई प्रोत्साहित गर्न सकिन्छ । स्थानिय संस्थाहरुलाई स्रोत साधन जुटाउन र कार्यक्रम गर्न एनआरएनएले सहयोग गर्न सक्नु पर्छ । समय सापेक्ष सुधारबाट मात्र स्थानिय संघसंस्था साथै एनआरएनए अमेरिकालाई जिवन्त र गतिशिल बनाइ राख्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्