प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबिच भेटवार्ता हुँदै, के छन् छलफलका एजेन्डा ?
समाचार सारांश
- प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुने भएको छ।
- भेटवार्तामा सरकारका काम र विधेयकमा देखिएको असमझदारीबारे छलफल हुनेछ।
- मन्त्री हेरफेरबारे पनि दुई नेताबीच छलफल हुनसक्ने बताइएको छ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच आज भेटवार्ता हुने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज बिहान ११ः३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता हुनेछ ।
उनीहरूबिच सरकारका कामकारबाही र विधेयकमा देखिएको असमझदारीबारे छलफल हुने बताइएको छ ।
त्यसो त दुई शीर्ष नेताबिच मन्त्री हेरफेरबारे पनि छलफल हुन सक्ने बताइएको छ । प्रधानमन्त्री ओली तत्काल मन्त्रीमण्डल हेरफेर गर्ने पक्षमा छन् । तर देउवाले सहमति नजनाउँदा मन्त्रीमण्डल हेरफेर हुन सकेको छैन ।






प्रतिक्रिया दिनुहोस्