प्रधानमन्त्री ओलीले भारतले नेपाललाई अन्य देशको जस्तो व्यवहार गर्न नहुने बताए

काठमाण्डु — प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नेपाललाई अन्य देशको जस्तो व्यवहार गर्न नहुने बताएका छन् ।

बीबीसी हिन्दीसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीले नेपाललाई कोरोनाको भ्याक्सिन उपलब्ध गराउने विषयमा अन्य मुलुक जस्तो व्यबहार नगर्न आग्रह गरेका छन् ।

frontline

‘नेपालका बारेमा अन्य देशभन्दा फरक छ ।

हामी मित्र हौं । खुला सिमानासहितको छिमेकी र मित्रराष्ट्रको हैसियतमा भारतले नेपाललाई खोपको प्राथमिकतमा अन्य देशजस्तो व्यवहार गर्नुहुँदैन’ उनले भने, ‘यी सबै कुरालाई ध्यानमा राखेर मोदीजीले नेपाललाई सहयोग गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले खोपको विषयलाई लिएर चीन र भारतबीच राजनीतिकरण गर्न नहुने बताएका छन् ।

‘चीन र भारतले गरेको सहयोगलाई लिएर बीचमा राजनीतिलाई ल्याउनु जरुरी छैन् ।

यसमा कसैको प्रभावको कुरा हुँदैन । यो खोपको मामिला हो ।

यसमा राजनीति गर्नु जरुरी छैन्,’ उनले भने, ‘दुबै छिमेकी देशले खोपसहितका स्वास्थ्य सामग्री दिएका छन् ।

यसका लागि म दुवैलाई धन्यवाद दिन चाहन्छु ।’

विगतमा नेपाल र भारतसँग गलत बुझाइ र असमझदारी रहनेपनि अहिले त्यो हटेको प्रधानमन्त्री ओलीको भनाई छ ।

‘पहिले केही असमझदारी थिए । तर, त्यो असमझदारी छैन् ।

अब विगत हैन, भविष्य हेरेर अघि बढ्नुपर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here