प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिन सचिव मिस्री नेपाल आउँदै

 समाचार सारांश

  • भारतीय विदेश सचिव विक्रम मिस्री प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिन नेपाल आउँदैछन्।
  • सचिव मिस्रीले प्रधानमन्त्री ओली र अन्य उच्च पदस्थ व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।
  • प्रधानमन्त्री ओलीको भारत भ्रमणको मिति घोषणा हुन बाँकी रहेको र सोही प्रयोजनका लागि यो भ्रमण तय भएको हो।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिन भारतीय विदेश सचिव विक्रम मिस्री नेपाल आउने भएका छन् । सचिव मिस्री भदौ १ गते नेपाल आउने भएका हुन् । 

frontline

सचिव मिस्रीले प्रधानमन्त्री ओलीलाई भेटेर भारत भ्रमणको निम्तो दिने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।  प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारीका लागि सचिव मिस्री आउन लागेको परराष्ट्र मन्त्रालयले पनि पुष्टि गरेको छ । 

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले सचिव मिस्री नेपाल आउन लागेका तर कहिले आउने त्यसको बारेमा पछि जानकारी गराइने बताए । 

प्रधानमन्त्री ओलीको भारत भ्रमण तय भइसकेको छ । त्यसको मिति घोषणा गर्न मात्र बाँकी छ । सोही सिलसिलामा उनको यो भ्रमण हुन लागेको प्रवक्ता क्षेत्रीले बताए । 

सचिव मिश्रले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा लगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । 

सचिवमा नियुक्त भएपछि ठिक एक वर्षअघि मिस्री नेपाल भ्रमणमा आएका थिए । सचिव मिस्रीले सो भ्रमणलाई परिचयात्मक भ्रमण भनेका थिए । त्यतिबेला पनि प्रधानमन्त्री अ‍ोलीलाई भारत भ्रमणको निम्तो दिन आएको भनिएको थियो तर उनी भेटघाट गरी स्वदेश फर्केका थिए । 

बरु प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तोको सन्देश सचिव मिस्रीमार्फत पठाएका थिए । 

यसपटक ओलीलाई भारत भ्रमण गराउने गरी प्रधानमन्त्री मोदीको सन्देश लिएर मिस्री नेपाल आउन लागेका हुन् ।  मिस्री गत वर्ष जुलाई १५ मा सचिवमा नियुक्त भएका थिए । 

#विक्रम मिस्री #भारत भ्रमण #केपी शर्मा ओली

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here