प्रधानमन्त्रीको स्पेन भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत

News Summary

Generated by OK AI. Editorially reviewed.

  • मन्त्रिपरिषद्‌ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण असार १४ देखि २० सम्म स्वीकृत गर्यो।
  • उहाँले संयुक्त राष्ट्र संघीय विकासका लागि वित्त कार्यक्रमको चौथो सम्मेलनमा सहभागी हुनुहुनेछ।
  • सम्मेलनमा संयुक्त राष्ट्रसंघमा आबद्ध मुलुकका राष्ट्र प्रमुख र सरकार प्रमुखहरू सहभागी हुनेछन्।

२ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत भएको छ ।

frontline

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको भ्रमण स्वीकृत गरेको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।

आउँदो असार १४ गतेबाट २० गतेसम्मका लागि भ्रमण स्वीकृत भएको हो ।

संयुक्त राष्ट्र संघीय विकासका लागि वित्त कार्यक्रमको चौथो सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली स्पेन जान लागेका हुन् ।

उक्त सम्मेलनमा संयुक्त राष्ट्रसंघमा आबद्ध मुलुकका राष्ट्र प्रमुख र सरकार प्रमुखहरूको सहभागिता रहनेछ ।

केपी शर्मा ‌ओली |प्रधानमन्त्री

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here