प्रधानन्यायाधीशको परिवारको तथा आफन्तको सम्पत्ति छानबिन गर्न अनुसन्धान अधिकृतको टोली खटाइदै

१२ पुस, काठमाडौं । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको परिवारको सदस्य तथा आफन्तको सम्पत्ति छानबिन गर्न अनुसन्धान अधिकृतको टोली खटाउने तयारी गरेको छ।

विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईका अनुसार अनुसन्धान अधिकृत तोकेर प्रधानन्यायाधीश जबराको परिवार र आफन्तको सम्पत्ति छानबिन गर्ने तयारी गरिएको छ ।

frontline

प्रधानन्यायाधीश जबरा, उनको परिवार सदस्य र आफन्तको सम्पत्ति छानविन गर्न उजुरी परेपछि विभागले कदम अघि बढाउने तयारी गरेको छ ।

विभागले पदमा रहुञ्जेल राणाको सम्पत्ति छानबिन गर्न नमिल्ने तर, उनका परिवारका सदस्य, आफन्तको छानबिन गर्न कुनै बाधा नभएको जनाएको छ ।

यससँगै विभागले प्रधानन्यायाधीश जबराको परिवारको सम्पत्ति, बैंक ब्यालेन्स, जग्गा सबै विवरण हेर्ने र प्राप्त विवरणअनुसार कदम चाल्ने जनाएको छ ।

बृहत् नागरिक आन्दोलनका तर्फबाट वरिष्ठ चिकित्सक गोविन्द केसीले प्रधानन्यायाधीश जबरा, उनकी पत्नी, भाइ, नातेदारलगायतको सम्पत्ति छानविन गर्न माग गर्दै आइतबार उजुरी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here