प्रदेश १ जिल्लामा खटिएका ३७जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण

 काठमाडौं । विराटनगर प्रदेश १ का पाँच जिल्लामा खटिएका ३७ जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

मोरङमा १७ जनासहित प्रदेश १ मा ३७ जना ट्राफिक प्रहरीलाई कोरोना संक्रमण देखिएको हो ।

frontline

झापा मोरङ, सुनसरी, उदयपुर र ताप्लेजुङमा प्रहरी निरीक्षक (इन्सपेक्टर) १/१ जना, नायव निरीक्षक (सइ) २ जना, सहायक निरीक्षक (असइ) ३ जना, हवल्दार ८ जना, प्रहरी जवान २० र एकजना कार्यालय सहयोगीलाई संक्रमण देखिएको हो ।

यस्तै प्रदेश-१ ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मोरङमा इन्सपेक्टरसहित १७ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

झापामा १२, सुनसरीमा ४, प्रदेश-१ ट्राफिक प्रहरी कार्यालय इटहरीमा २ जना, ताप्लेजुङ र उदयपुरमा १/१  जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माका अनुसार प्रदेशभर ४ सय ३३ ट्राफिक प्रहरी कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here