प्रतिनिधि सभाको आइतबारको बैठक देखि बजेटमाथि छलफल हुने
प्रतिनिधि सभाको बैठक आइतबार बस्दै छ। सङ्घीय संसद भवन नयाँ बानेश्वमा बस्ने आइतबारको बैठक देखि जेटमाथि छलफल हुनेछ ।
संसद सचिवालयका अनुसार आइतबारको बैठकमा अर्थ मन्त्री वर्षमान पुनले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
त्यस्तै आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ।
लामो समयदेखि अवरुद्ध हुँदै आएको संसद अब नियमित सञ्चालन हुने विश्वास गरिएको छ।
प्रतिक्रिया दिनुहोस्