प्रतिनिधिसभा बैठक सूचना टाँसेर बुधबारसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभा बैठक बुधबार दिउँसो एक बजेसम्मका लागि स्थगित भएको छ ।

दिउँसो बसेको बैठकमा प्रतिपक्षी दलहरूले अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर बुधबार एक बजेसम्मका लागि स्थगित गरिएको हो । 

frontline

प्रतिपक्षी दलहरूले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा, छानबिनका लागि संसदीय छानबिन समिति वा न्यायिक आयोग बनाउनुपर्ने माग गर्दै विपक्षीले बैठक अवरुद्ध गर्दै आएका छन् ।

काठमाडौँ । काठमाडौँ महानगरपालिका पूर्व इन्जिनियर रामबाबु महतो भन्ने रामबाबु महतो कोइरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले सोमबार ४ करोड ५८ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा कोइरीविरुद्ध अभियोगपत्र दायर गरेको हो । २०४६ वैशाख १९ देखि २०७८ फागु ३० गतेसम्म पदमा रहँदा कोइरीले तीन करोड ३७ लाख रुपैयाँ आर्जन गरेको देखिएकोमा कोइरीको कुल खर्च तथा लगानी ७ करोड ९६ लाख रुपैयाँ देखिएको हो ।

कोइरीको आम्दानी र खर्च समष्टिगत रूपमा विश्लेषण गरी हेर्दा आयको तुलनामा व्यय अमिल्दो देखिएको हो । मनासिब कारणबिना अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि भएकाले कोइरीविरुद्ध भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १६ को उपदफा (२) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिम कैद र जरिवाना मागदाबी गरी मुद्दा दायर गरिएको हो ।

#भ्रष्टाचार मुद्धा

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here