पोखरीको सहर भक्तपुर

 पोखरीहरुको सहर भनेर चिनिने भक्तपुर नगरभित्र ५० र नगरबाहिर ४ वटा पोखरी रहेको सम्पदाविद्हरु बताउँछन् । अहिले केही लोप भएर ३४ वटामा सीमित छन् । मध्यपुर थिमि नगरपालिका–८ बोडेस्थित पलिस्वाँ पुखुः भनौं या थिमि नगरपालिका–४ स्थित ऐतिहासिक विष्णुकुण्ड नै किन नहोस्, पुनर्निर्माणपछि अहिले चिटिक्क देखिन्छन् ।

केही पुराना र ऐतिहासिक पोखरीको पुनर्निर्माण सम्पन्न भए पनि अधिकांश पोखरी भने अझै संरक्षणको पर्खाइमा रहेका छन् । ऐतिहासिक कालखण्डमा निर्माण गरिएका पोखरी भक्तपुरको ऐतिहासिक धरोहर रहेको र यिनको संरक्षण हुन सके नगर थप सुन्दर र ऐतिहासिक बन्ने सरोकारवालाहरु बताउँछन् । यहाँ निर्माण गरिएका सिद्ध पोखरी, रानी पोखरी र नःपोखरीलाई एउटै नागका रुपमा लिइन्छ । रानी पोखरीलाई नागको टाउको, सिद्ध पोखरीलाई जीउ र नःपोखरीलाई पुच्छर मानिँदै आएको छ ।

frontline

भक्तपुरमा नगर स्थापनासँगै वास्तुकलाका भूमिकाका रुपमा पोखरीहरु निर्माण भएको पाइन्छ । वास्तुकलाका विभिन्न रुप ढोका, गढ, किल्ला, पर्खाल, ढुंगेधारा, इनार, बाटो जस्तै पोखरी पनि यहाँ निर्माण भएका हुन् ।

‘नगरलाई आकर्षक बनाउन पोखरीहरु निर्माण भएका देखिन्छन्,’ सम्पदाविद् रामगोविन्द श्रेष्ठले भने, ‘ढुंगेधाराको मुहान संरक्षण गर्न, भवितव्य हुँदा, खेतीपातीबाट फर्केर सरसफाइ गर्न, बस्तुभाउलाई पानी खुवाउन पोखरी बनाइएको थियो ।’ नगरको ढोका आसपास र महत्वपूर्ण स्थानमा सदियौं पुराना त्यस्ता पोखरी अहिले पनि अस्तित्वमा छन् । धेरै पोखरी अस्तित्व संकटको डिलमा उभिएका छन् । तिनको संरक्षण र मर्मत सम्भार भने अपरिहार्य छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here