पूर्वाञ्चाल विश्वविद्यालयले गर्यो १३ कम्पनीसंग समझदारीपत्रमा हस्ताक्षर

विश्वविद्यालयबाट उत्पादित मानवश्रोत व्यवस्थापन, अनुसन्धानको क्षेत्रमा सहकार्य गर्न पूर्वाञ्चल विश्वविद्यालयले विभिन्न १३ कम्पनीसंग समझदारी गरेको छ।

विश्वविद्यालयको विज्ञान तथा प्रविधी संकायका विभिन्न बिषय अध्ययन गरेका विद्यार्थीका लागि रोजगारी, इन्टर्नसिप, अनुसन्धान, तालिम, अन्तरक्रिया, फ्याकल्टी एक्सचेञ्ज लगायतका काम गर्ने गरी विश्वविद्यालय र ती कम्पनीका प्रतिनिधीविच हस्ताक्षर भएको हो।

frontline


विश्वविद्यालयले लिपफ्रग टेक्नोलोजी, इन्फो डेभेलपर प्रा.लि, ओम फर्मास्युटिकल्स एण्ड ल्याब्रोटोरिज, द फ्युज मेसिन नेपाल प्रा. लि, एफवान सफ्ट, द सेन्टर फर मलेक्युलर डाइनामिक्स, काठमाडौं सेन्टर फर जियोनोमिक्स, एनएमबी बैंक, नेपाल एग्रो बायोटेक एण्ड रिसर्च सेन्टर, एफवान सफ्ट, नर्भिक हस्पिटल प्रा.लि, नेपाल एग्रो सेन्टर प्रा.लि र नेपाल एग्रो इक्वइप्मेन्ट प्रा. लि, मिडिया एण्ड इन्टरटेन्मेन्ट स्किल काउन्सिल र ए प्लस एशोसियट, मुम्बई लगायतका १३ संस्थासंग समझदारीपत्रमा हस्ताक्षर गरेको छ।


एनएमबीसंगको समझदारी अनुसार बैंकले पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थीलाई ५ लाख सम्म आधार व्याजमा २ प्रतिशत नबढ्ने गरी अध्ययन कर्जाउपलव्ध गराउनेछ।
विश्व विद्यालयको तर्फबाट विज्ञान तथा प्रविधी संकायका डिन प्रा.डा. पवनकुमार झा र सहायक डिन मनोजकुमार हलवाईले हस्ताक्षर गरेका छन्।


विभिन्न कम्पनीका प्रतिनिधीले सम्झौताले दुवै पक्षको हितमा काम गर्ने विश्वाससहित विश्वविद्यालयसंग सहकार्य गर्न पाउँदा खुशी र आभार प्रकट गरेका छन् ।
उपकुलति प्रा.डा.विजु कुमार थपलियाले सम्झौताले दुबै पक्षको हित हुने विश्वास व्यक्त गर्दै आफूलाई खुशी लागेको बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here