पूर्वराजा र बालेन शाहबिच भेट भएकै हो ?

समाचार सारांश

  • काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्र शाह र मेयर बालेन शाहबीच भेटवार्ता भएको हल्ला सामाजिक सञ्जालमा फैलिएको छ।
  • तर, पूर्वराजा र बालेन शाह दुवैको सचिवालयले भेटवार्ताको खबरलाई अस्वीकार गरेको छ।
  • पोर्चुगलमा रहेका रमेशराज बास्तालाले फेसबुकमा भेटवार्ताको ‘अपुष्ट’ सूचना पोस्ट गरेका थिए।

काठमाडौँ । ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकार र मेयर बालेन शाहबिच भेटवार्ता सम्पन्न । महाराज र बालेन साहबिच १ घण्टा राष्ट्रहीतलाई केन्द्रमा रहेर संवाद भएको थियो । राष्ट्र, जनता र स्वाभिमानको सेवामा समर्पित यो भेट ऐतिहासिक बनोस्। नयाँ पुस्ता र गौरवशाली इतिहासबिचको यो संवाद राष्ट्र पुनर्निर्माणको दिशामा एक महत्त्वपूर्ण संकेत बन्न सकोस्’, हाल पोर्चुगलमा बसेर राजावादीको पक्षमा गतिविधि गर्दै आएका रमेशराज बास्तोलाले फेसबुकमा यस्तो लेखका छन् । 

पोर्चुगलका लागि पर्यटन प्रवर्द्धक रहँदा उनले पूर्वराजाको प्रचारमा सरकारी लेटरहेड नै प्रयोग गरेपछि पदमुक्त भएका थिए । उनै बास्तोलाले बुधबार सामाजिक सञ्जाल फेसबुकमा पूर्वराजा र बालेन शाहबिच भेटवार्ता भएको ‘अपुष्ट सूचना’ फेसबुकमा पोस्ट गरेका हुन् । 

frontline

उनीमात्रै होइन सामाजिक सञ्जालमा धेरैले दुई शाहबिच भेट भएको दाबीसहितका पोस्टहरू गरिरहेका छन् । तर, पूर्वराजानिकट स्रोत र बालेन निकट स्रोत दुवैले भेटवार्ता भएको विषय अस्वीकार गरेका छन् । पूर्वराजाका निजी सचिव सागर तिमल्सिनाले आफूलाई भेटबारे थाहा नभएको रातोपाटीलाई बताए ।

उनले भने, ‘भेटबारे मलाई कुनै जानकारी छैन ।’ यस्तै पूर्वराजाको संवाद सचिवालयले पनि पूर्वराजाको विषयमा अनेक कुरा आइरहे पनि सत्यता निकै टाढा रहेको बताएको छ । तीनकुनेमा प्रदर्शन हुँदासमेत पूर्वराजालाई जोड्ने काम भएको उल्लेख गर्दै सचिवालयले अहिले पनि अनावश्यक भ्रम सिर्जनाको प्रयास भइरहेको बताएको छ । 

यस्तै बालेनको सचिवालयले समेत भेट भएको विषयलाई खण्डन गरेको छ । सचिवालयका एक सदस्यले भने, ‘यो सबै एमालेले फैलाएको हल्ला हो ।’

बालेन शाह| ज्ञानेन्द्र शाह| भेटवार्ता

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here