पूर्वडिआइजी रमेश खरेलको स्वास्थ्य अवस्थामा सुधार
काठमाडौं । पूर्वडिआइजी रमेश खरेलको स्वास्थ्य अवस्थामा सुधार आएको छ।
कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका खरेललाई बिहीबार आइसियूबाट साधारण बेडमा सारिएको हो।
खरेललाई श्वासप्रश्वासमा समस्या भएपछि केही दिन आइसियूमा राखिएको थियो।
साधारण बेडमा सारिएसँगै खरेलको पिसिआर रिपोर्ट पनि नेगेटिभ आइसकेको छ।
‘उहाँको स्वास्थ्य अवस्था साधारण छ, उहाँलाई साधारण रुपमा अक्सिजन दिएर राखिएको छ,’ प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले भने।
उनी दुई सातायता नेपाल प्रहरी अस्पतालमा उपचाररत् छन्। कोरोना संक्रमणपछि खरेललाई अस्पताल भर्ना गरिएको थियो।






प्रतिक्रिया दिनुहोस्