पुर्व प्रधानन्यायाधिस भारतमा सन्यासी

श्रोत :ईन्टरनेट

उनकै नेतृत्वको न्यायपरिषदले बर्तमान प्रधानन्यायाधिस चोलेन्द्र समशेर जवरालाई कारबाहीबाट उन्मुक्ति दिएको थियो

काठमाडौं। सर्वोच्च अदालतका प्रधानन्यायधिस भईसकेका एक जना ब्यक्ति यतिवेला भारतका सन्यासी जिवन विताईरहेको सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । 

तर, पुर्व प्रधानन्यायाधिस दामोदर प्रसाद शर्मा यतिवेला भारतमा सन्यासी जिवन विताईरहेका छन् ।

frontline

२०६९ सालमा प्रधानन्यायाधीश खिलराज रेग्मी मन्त्रिपरिषद् अध्यक्ष बनेर गएपछि न्यायालयको बागडोर दामोदर शर्माले सम्हालेका थिए ।

उनकै नेतृत्वको न्यायपरिषदले बर्तमान प्रधानन्यायाधिस चोलेन्द्र समशेर जवरालाई कारबाहीबाट उन्मुक्ति दिएको थियो । 

शर्मा सालिन, भद्र र संवैधानिक÷कानुनी समझ भएका ब्यक्तिका रुपमा चिनिन्थे । उनी न्याय क्षेत्रमा हुँदैखेरी धार्मीक प्रवृत्तिका थिए । 

१ चैतमा प्रधान न्यायाधीश खिलराज रेग्मी संविधानसभाको निर्वाचन गराउने सर्तमा अन्तरिम चुनावी मन्त्रीपरिषदको अध्यक्ष बन्नेपछि शर्मा प्रधान्यायाधिस वनेका थिए ।

२०७१ जेठसम्म कार्यकाल भएका रेग्मी अध्यक्ष बनेर सिंहदरवार छिरेपछि उनको विरासत स्वभाविक रुपमा बरिष्ठतम् न्यायाधीश दामोदरप्रसाद शर्मामा सरेको थियो ।

अन्तरिम संविधानले नै प्रधानन्यायाधीशको अनुपस्थितिमा प्रधानन्यायाधीशले गर्ने सवै काम कामुले गर्ने उल्लेख भएको र कामु दिने प्रचलन अनुसार वरिष्ठतम् न्यायाधीशलाइै नै दिइने भएकाले उनी प्रधानन्यायाधिस बनेका हुन्।

अख्तियार प्रमुखमा लोकमान सिंह कार्कीलाई सपथ गराउदै तत्कालिन प्रधानन्यायधिस दामोदर प्रसाद शर्मा
फायिल तस्बिर

सर्वोच्च अदालतमा न्यायाधीशको संख्या घटेर पाँच जनामा सिमित भएका बेला रेग्मीले छोडेर हिडेपछि दामोदरमा न्यायीक स्वतन्त्रता कायम गर्ने र अदालतमा न्यायाधीश भर्ती गर्नै पर्ने दुई चुनौती थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रकरण र न्यायलयमा पत्रकारलाइ प्रवेश निषेध गरेर उनी विवादमा पनि तानिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here