पार्टी अन्र्तसंघर्षमा होस नगुमाऔं : ठम्मर विष्ट
अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनको अन्र्तसंघर्षको इतिहांसलाई हेर¥यौं भने प्राय नकारात्मक परीघटनाको रुपमा चित्रित भएर रहेको छ । दुइ लाइन संघर्ष र अन्र्तसंघर्षको परीघटनालाई केलाएउ भने रसीयन सोसीयल डेमोक्रेटीक लेवोर पार्टी त्यस्तो पार्टी हो जहा स्टालीनले पार्टी भित्रको सत्तालाई दुरुपयोग गर्दै पोलीटब्युरोमा रहेका लीअन ट्रष्की, लेभकामेनेभ,ग्रीगोरी जीनोभीयभ, नीकोलाई भुखारीन, एलेक्जीरीकोभ, मीखाएल टम्स्की लगाएत पोलीट्ब्यूरो र केन्द्रिीय समितीका सय जना भन्दा बढी समकक्षि र सहयोद्धाहरुको हत्या मात्र गरेनन ज्यान जोगाउनलाई बिदेशमा लुकेर बसेका नेताहरुलाई सरकारी जासुसीहरुको प्रयोग गरेर हत्या र बेपत्ता पार्ने काम समेत गरे । यस्तै चाइनामा अन्र्तसंघर्ष र दुइलाइन संघर्षको नाउमा माओको अगाडी कैयन आफ्ना समकक्षिहरुले जेलनेल यातना र मृत्युको सामना समेत गर्नु पर¥यो । सांस्कृतीक क्रान्तिका नाममा करीब १५ लाख मान्छेहरु मारीय । आफ्नै समकक्षि लीन ब्याओ, लीसाओची लगाएतका कैयन नेताहरुले दमन, जेलनेल र हत्याको सामना समेत गर्नु पर¥यो । पछी त्यसको बदला स्वरुप देङसाओफेङ सत्तासीन भएपश्चात माओकालीन क्रान्तिकारी सहयोद्धाहरुलाई ग्याङअफफोरको नाममा दर्ज गर्दै माओकि आफ्नै श्रीमति जीयाङकीङ, झयाङचुङकाओ,ओआनियन, वाङहङवन लगाएत ४ जना पार्टीका अगुवाहरुलाई जेलमै सडाएर प्रतिसोधपुर्ण राजनैतिक हत्या गरीयो ।
निकारागुवामा कम्युनिष्ट पार्टी सत्तामा गैसकेपछी कम्युनिष्ट सहयोद्धाहरुकोनैं दुरुपयोग गरी कोन्ट्राको नामवाट सान्दानिष्टा कम्युनिष्ट पार्टी र कमरेडहरुको बिभत्स हत्या मात्र गरीएन सत्ता संगसंगै त्यहाको कम्युनिष्ट पार्टी सान्दानिष्टा इतिहांसमा सधैंको लागी बिसर्जन हुन पुग्यो । यस्तै बंगलादेशमा कम्युनिष्ट पार्टीहरुको यस्तो कन्तबिजोग भयो कि दुइलाईन सघर्ष र अन्र्तसंघर्षको नाममा पार्टी खीइदै जांदा एक पार्टी तिन तिर भयो तिन नेताले तिनवटा पार्टी खोले र एकले अर्कालाई प्रतिक्रियावादी र बिदेशी दलालका एजेण्ट भन्दै कम्युनिष्ट पार्टीकोनैं बिसर्जन गर्ने बाटो समाय । नेपालमा समेत कम्युनिष्ट पार्टीमा अन्र्तसंघर्ष र दुइलाइन संघर्षको नाममा टुटफुट, बिग्रह र बिभाजन मात्र बहोर्नु परेन कम्युनिष्ट पार्टी निर्माण देखी अहीले सम्मका शान्तिपुर्ण र शशस्त्र संघर्षका क्रममा धेरै शहयोद्धाहरु गुमनाम समेत भएको प्रत्यक्ष र परोक्ष परीघटनाहरु इतिहांसमा चित्रित भएर रहेका छन । नेपालको सन्दर्भमा केही सकारात्मक परीघटना के बनेको छ भने हीजो चाहे एमाले ÷ माले फुटुदा वा जुट्दा होस वा जनयुद्धका क्रममा हतियार धारी फौंजहरुकै बिचमा प्रचण्ड, किरण र बाबुरामले चलाएका अन्र्तसंघर्ष र दुइलाइन संघर्षका नाममा भएका परीघटनाहरुलाई भौतिक द्धन्द र रक्तपातमा रुपान्तर हुन वाट रोक्न नेतृत्व सफल भएको थियो एद्यपी त्यस्ता अन्र्तसंघर्षले पार्टी बन्ने भन्दा धारासाही हुने बाटोतिर लागेको कुरा इतिहांसमा प्रमाणीत भैसकेको छ ।
यो एउटा कालो बादल भित्र चांदीको घेरा भने जस्तै सकारात्मक पाटोको रुपमा पनि लिन सकिएला ।तर अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनमा महारोगको रुपमा चित्रित भएको छ कि संगै बस्दा र मन मिल्दा कमरेड र क्रान्तिकारी देख्ने र आफुभन्दा थोरै मन मिलेन भने दलाल , लालगद्धार र प्रतिक्रियवादी भन्न भ्याउने मात्र होइन बैचारीक रुपमा सखाप पार्दै भौतिक रुपमा समेत कत्लोआम गरेका इतिहांस ताजै छ । अहीले नेपालमा दुइतिहाई शक्ति हांसील गरेको कम्युनिष्ट पार्टीमा देखा पर्दै गरेका अन्र्तसंघर्ष र दुइलाइन संघर्षको ब्यबस्थापन भौतिक कत्लेआमको श्रंखलामा अन्त हुने हो भने दुइ तिहाइकै संख्या र घनत्वमा नेता र कार्यकर्ताहरुको सफाया हुन सक्छ वा नेतृत्वले कुशल ब्यबस्थापन गरेर अर्को सफल उचाइमा पार्टी अन्र्तसंघर्षलाई पुर¥याउने हो त्यो भने हेर्न बांकी छ । तर केही समय यताका ठुला भनिएका नेता देखी कार्यकर्ताको हबिगत र तिनले प्रयोग गरेको भाषा बिश्लेषणलाई हेर¥यो भने यो अन्र्तसंघर्ष बियोगान्तपुर्ण हिंसात्मक परीघटनामा टुंगीने कुराको सजिलै आंकलन गर्न सकिन्छ । अनि संबृद्ध र समाजवादको बाटोत कताहो कता नरहे बांस नबजे बांसुरी बन्ने कुरा निस्चित छ । यसैले सबैले साबधानी पुर्बक बिचारका औजारहरुलाई इस्तेमाल गरौं । सके सकारात्मक संन्देश दीऔं नसके बाताबरणलाई भड्काउने, उत्तेजीत पार्ने र आगोमा पेटोल खन्याउने काम कम्तीमा नगरौं । स्वस्थ एबं मैत्रिपुर्ण अन्र्तसंघर्ष र दुइलाइन संघर्षमा पार्टीको द्धन्दलाई रुपान्तरण गरौं । जस्तोसुकै कठिन परिस्थीती बेहोर्नु परे पनि होस गुमाएर स्टालीन र देङसाओपीङको बाटो तर्फ अग्रसर नबनौं ।
प्रतिक्रिया दिनुहोस्