पचिस वर्ष देखि निःशुल्क शिक्षा दिदैं आएका शिक्षक साहलाई राज्यले गरेन वास्ता
मेवालाल यादव
/ बैसाख १९ रौतहट
रौतहटको गौर नगरपालिका वडा नम्बर १ का निरज कुमार साहले आफ्नो आर्थिक अवस्था बलियो नहुँदा पनि गरिब, दलित, असहाय, टुहुरा बालबालिकालाई दुई दशक देखि शैक्षिक सामग्री दिएर निशुल्क रुपमा अध्यन गराउदैं आएका हुन् । सदरमुकाम गौरको मध्य भागमा रहेको गौर राइस मिल एण्ड फ्लोरको जिर्ण अवस्थामा रहेको घरको कम्पाउण्ड भित्र बाल बालिकालाई बिगत २४ बर्ष देखी अहिले सम्म पढाउदै आएका हुन् ।
बुवा कृष्ण कुमार साह र आमा मुनि देवीको जेठो छोरा २०३९/१०/२२ गतेमा जन्मेका निरज अभियानलाई सबैले सरहना गरेपनि आर्थिक, भौतिक रुपमा कसैले कुनै किसिमको सहयोग गरेका छैनन् ।गरिबी अवस्थामा संघर्ष गरेर शिक्षा संकायमा स्नातक शिक्षा हासिल गरेका ४२ वर्षीय साहले भने शिक्षाको महत्व आजको युगमा धेरै नै रहेकोले कोहि बाल बालिका शिक्षा हासिल गर्नबाट बन्चित नहोस् भन्ने उदेश्यले यो अभियानलाई कष्ट सहेर पनि निरन्तरता दिएकाहुन।
विद्यालयमा पढाउन नसकिने अभिभावकलाई आग्रह गरेर उनको छोरा छोरीलाई बोलाएर आफुले पढाउने गरेको साहले बताए ।
आमा बुबाको ३ छोरामा जेठो छोरा भएको नाताले आफ्नो पढाई तथा दुई भाइको पढाई मिहनेत गरेर गराएको सम्झिदै दुख र पिडाको प्रत्यक्ष महसुस गरेकोले कोहि पनि बाल बालिका आफु जस्तो अवस्था बाट गुज्रिनु नपरोस भनि चाहना रहेको बताए ।
बुबा चिया पसल खोलेर ८ कक्षा सम्म पढाएको र पछि बुबा क्षयरोग़को शिकार भएपश्चात आफै मिहनेत गरी आई एस सी, आई एड र बि एड सम्म अध्यन गरेको बताए।
आफ्नो शिक्षा पुरा गर्न गौरबाट काठमाडौँ चल्ने यात्रु बाहक बसको सरसफाई गरेको साहले एउटा बस सफाई गरे बापत ४० रुपैया पारिश्रमिक पाउने गर्थे उनले दिनको ३ देखी ४ वटा बस धुने र सो वापत पाएको रकमले बिद्यालयको फिश, किताब, कलम खरिद्ने गर्थे।
भोगेको दुःखलाई सम्झिदै गर्दा आखां भरि आसु भरिएको शिक्षक साहले बुबा बिरामी भए पछि समाजका केहि व्यक्तिले हेला गर्ने, घरमा बस्न नदिने जस्ता अमानविय व्यव्हार गरेको देख्दा मुटु दुख्ने गरेपनि आफुले लिएको लक्ष्य पुरा गरेर नै छाडे।
बिगत १५ बर्ष देखी बिभिन्न सामुदायिक बिद्यालयमा निजी स्रोत शिक्षकको रुपमा कार्य गर्दै आएका साह अहिले गौर नगरपालिका ५ मा रहेको आधारभूत बिद्यालय बाल मन्दिरमा कार्य गर्दै आएका हुन् । १५० जना बाल बालिकालाई अध्यन गराउदैं आएका शिक्षक साहले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार तथा सम्बन्धित क्षेत्रका निर्वाचित जनप्रतिनिधिले पनि कुनै किसिमको सहयोग नगरेको पिडा उनको रहेको छ।
बुवा बिरामी भएपछी यो स्वार्थ रुपी समाजले सामाजिक कार्यमा निम्तो दिने कार्य समेत बन्द गरेको पिडा सम्झिदै साहले भने परिवर्तनको लागि यो निशुल्क शिक्षालय स्थापना गरेर अघि बढ्दै गएको बताए।
मुलुकमा आमुल परिवर्तन आए पनि सामाजिक परिवर्तन हुन सकेका छैन। राजनीतिक आडमा नराम्रो कार्य गर्नेलाई पुरस्कृत गर्ने तथा राम्रो कार्य गर्नेलाइ अपहेलित गर्ने परम्पराले समाजमा उल्लेखनीय कार्य गर्ने राज्यबाट मानसम्मान पाउनबाट बन्चित हुँदै आएको छ।
राज्य सत्तामा पुगेकाले पावर र पहुचको आधारमा पार्टीका कार्यकर्ताले बिभिन्न सहयोग समर्थन गर्ने तथा राम्रो काम गर्ने लाई अबमुलयन गर्ने अहिलेको चलन रहेको छ।
१५० जना बाल बालिकालाई आफ्नो निजी लगानीमा निशुल्क रुपमा अध्यन, शैक्षिक सामाग्री दिएर अभियान संचालन गर्दै आएका साहलाई नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले मुल्यांकन गरी सम्मान गर्नु पर्दछ।
प्रतिक्रिया दिनुहोस्