नेपाल वाहिरको सवैभन्दा ठुलो नेपाली भाषा विद्यालय टेक्सासमा

जहां जहां नेपाली नागरिक पुगेका छन्, त्यहां त्यहां नेपाली भाषा पुगेको छ । विदेश पुगेका नेपालीहरुलाई आफ्नो भाषा प्यारो लाग्छ, आफ्ना छोराछोरीलाई नेपाली भाषा पनि सिकाउन पाए हुन्थ्यो भन्ने चाहना स्वभाविक हुने रहेछ । नेपालमा वसोवास गर्ने नेपालीहरुमा आफ्ना छोराछोरीले खरर अंग्रेजी भाषामा कुरा गरिदिए खुसी हुने आम प्रवृत्ति छ तर विदेशमा वस्ने नेपालीहरु आफ्ना छोराछोरीले नेपाली वोलिदिए खुसी हुन्छन् ।

विदेशमा वस्ने नेपालीका छोराछोरीलाई आफ्नो मातृभाषा सिकाउन भने महाभारत नै पर्छ । अहिले त अलि धेरै नेपालीभाषीहरु भएको स्थानमा नेपाली भाषा स्कुल सुरु हुन थालेका छन् । कति देशहरु वा कतिपय ठाऊमा नेपाली भाषा कक्षा सुरु हुंदै वन्दै गर्दै गर्ने गरेका छन्, तर अमेरिकामा एउटा यस्तो नेपाली भाषा स्कुल छ, जुन प्रवासमा खोलिएको सवैभन्दा ठुलो नेपाली भाषा विद्यालय होला ।

frontline

नेपाल वाहिरको सवैभन्दा ठुलो नेपाली भाषा विद्यालय टेक्सासमा

इनेप्लिज २०७७ चैत ५ गते ४:५६ मा प्रकाशित439Shares

facebook sharing button
twitter sharing button
email sharing button

जहां जहां नेपाली नागरिक पुगेका छन्, त्यहां त्यहां नेपाली भाषा पुगेको छ । विदेश पुगेका नेपालीहरुलाई आफ्नो भाषा प्यारो लाग्छ, आफ्ना छोराछोरीलाई नेपाली भाषा पनि सिकाउन पाए हुन्थ्यो भन्ने चाहना स्वभाविक हुने रहेछ । नेपालमा वसोवास गर्ने नेपालीहरुमा आफ्ना छोराछोरीले खरर अंग्रेजी भाषामा कुरा गरिदिए खुसी हुने आम प्रवृत्ति छ तर विदेशमा वस्ने नेपालीहरु आफ्ना छोराछोरीले नेपाली वोलिदिए खुसी हुन्छन् ।

विदेशमा वस्ने नेपालीका छोराछोरीलाई आफ्नो मातृभाषा सिकाउन भने महाभारत नै पर्छ । अहिले त अलि धेरै नेपालीभाषीहरु भएको स्थानमा नेपाली भाषा स्कुल सुरु हुन थालेका छन् । कति देशहरु वा कतिपय ठाऊमा नेपाली भाषा कक्षा सुरु हुंदै वन्दै गर्दै गर्ने गरेका छन्, तर अमेरिकामा एउटा यस्तो नेपाली भाषा स्कुल छ, जुन प्रवासमा खोलिएको सवैभन्दा ठुलो नेपाली भाषा विद्यालय होला ।

प्रिन्सिपल भट्टराई

नेपाली समाज टेक्सासले संचालन गर्दै आएको नेपाली पाठशाला संसारकै प्रवासमा रहेका नेपालीहरुद्वारा संचालित पाठशालाहरुमध्ये सवैभन्दा धेरै बिद्यार्थीहरु रहेको दावी उक्त पाठशालाका प्रिन्सिपल इन्जिनियर विजयराज भट्टराईले गर्छन । हाल पाठशालामा ४०१ बिद्यार्थीहरु अध्ययनरत छन।

पेशाले इञ्जिनियर भट्टराईको शिक्षणप्रतिको रुचि पनि उत्तिकै रोचक लाग्छ । इञ्जिनियर भट्टराई जसरी वालवालिकालाई नेपाली भाषा पढाउन रुचाउंछन् उसैगरी नेपालवाट विदेशिएका युवायुवतीहरुलाई विदेशमा राम्रो रोजगारी दिलाउन न्युन शुल्कमा क्वालिटी एनालिष्ट र विजिनेश एनालिष्ट कोर्ष पढाउंछन् । अहिलेसम्ममा करिव ११ सय युवायुवतीलाई पढाएर धेरैलाई जागिरमा पठाइसकेका भट्टराईको सप्ताहन्त विशेषत वालवालिकाका लागि नेपाली भाषा सिकाउने कुरामा व्यवस्थापन गर्दै वित्छ ।

अमेरिकामा वसोवास गर्ने नेपालीहरुको सवैभन्दा पुरानो संस्था एएनएका अध्यक्ष रहेका इञ्जिनियर भट्टराई अन्य थुप्रै सामाजिक कार्यमा पनि जोडिएका छन् तर नेपाली भाषा स्कुलवाट अलग्गिन सक्दैनन् ।

मलाई पाठ्यक्रम निर्माण गर्न र त्यसलाई कार्यान्वयनमा लैजान सवैभन्दा मन पर्छ, नेपाल तस्विरसंग भट्टराईले भने, पछिल्लो समय त भर्चुअल माध्यमवाट कक्षा हुने भएकोले अझ सहज भएको छ ।

सन २०२० मा संसारलाई कोभिडले आक्रान्त पारेर सवै घरभित्र डराएको असहज परिस्थिमा फिजिकल स्कूल संचालन गर्न असम्भव भएको बेला २ हप्ताको तयारी मै उनले अनलाइन स्कूल संचालन गरेका थिए। नेपाली समाज टेक्सासको अनलाइन स्कूल संचालन भइरहदा अमेरिकाकै सरकारी स्कूलहरु समेत बन्द गरिएका थिए। पेशाले कम्प्युटर इन्जिनियर प्रिन्सिपल भट्टराई बिगत १० बर्ष देखि नै अनलाइन आइ.टी. ट्रेनिङ्ग गराउने उनको निजि ब्याबशाय संचालन गरिरहेको हुँदा फिजकल स्कूललाई अनलाइन संचालन गर्न त्यति गाह्रो नभएको र समय नलागेको बताउछन।

अनलाइन स्कुल सुरु भएपछि टेक्सासवाहिरका विद्यार्थीहरुले पनि पढ्न पाएका छन् ।

स्कूल क्यालेण्डर अनुसार नै संचालन गरिने यस स्कूलले स्प्रिङ्ग, फल, समर र विन्टर सवै सेसनहरु नियमित संचालन गर्दै आइरहेको छ। सन २०१० देखि २०१२ सम्म पाठशालाको इन्चार्ज, सन २०१३ देखि २०१५ सम्म पाठशालाको प्रिन्सिपल रहेका भट्टराई पुनस् २०१९ को अन्तदेखि प्रिन्सिपलको जिम्मेवारीमा छन्।

सन २००४ बाट नेपाली समाज टेक्सासले नियमित रुपमा पाठशाला संचालन गर्दै आइरहेको छ।समाजद्वारा निर्मित नेपाली आध्यात्मिक तथा साँस्कृतिक केन्द्रको आफ्नै भावनामा रहेको ८ वटा कक्षा तथा २ वटा ठूला हलहरुमा पाठशाला संचालन हुँदै आइरहेको छ। प्रवासमा जन्मिएका, हुर्किएका नेपाली बालबालिकाहरुलाई नेपाली भाषा सिकाउने उद्देश्यले स्थापित यस स्कूलले नेपाली भाषाको अलावा गणित, नैतिक शिक्षा, पब्लिक स्पिकिङ्ग, लिडरशिप, योगा, वेबसाईट डिजाइन र डेभलपमेण्टका अलावा अतिरिक्त क्रियाकलापमा मनोरन्जन (नृत्य, गायन) का कक्षाहरु समेत संचालन हुँदै आइरहेका छन। यहाँ अर्को स्मरणीय कुरो के छ भने पाठशालामा भर्ना हुन अनलाइन फर्म भरेर प्रति बिद्यार्थी, प्रति सेसन, प्रति बिषय अमेरिकी डलर २० तिरेर तोकिएको समय भित्र भर्ना भइसक्नु पर्ने नियम छ।

बिद्यालय संचालनको निमित्त स्कूल कोअर्डिनेटरमा भोजबहादुर बलायर, स्कूल मेनेजर सुशील चौधरी, समर क्याम्प कॉर्डिनेटर भानु खरेल, प्यारेण्टस कमिटी कोअर्डिनेटर समीर ज्ञवाली, स्पिरिचुवल क्याम्पमा गुरु डा. चिन्तामणी योगी, योगा प्रशिक्षक बटुक बिष्ट, नेपाली तथा नैतिक शिक्षा (प्रार्थमिक ज्ञान)को निमित्त डा. होम आचार्य, नेपाली तथा नैतिक शिक्षा (मध्ययम स्तर) भोजबहादुर बलायर तथा प्रभा नेपाल, वेबसाईट डिजाइन र डेभलपमेण्टमा पशुपति तिम्सिना साथै अतिरिक्त क्रियाकलापमा मनोरन्जन (नृत्य, गायन) को संयोजन श्रद्धा अधिकारीले गर्दै आइरहनु भएको छ।

facebook sharing button
twitter sharing button
email sharing button

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here