नेपाल र अमेरिकाबीचको वार्म अप खेल रद्द
आइसिसी टि ट्वान्टी विश्वकप अन्तर्गत नेपाल र अमेरिकाबीचको वार्म अप खेल रद्द भएको छ । स्थानिय समय अनुसार विहिबार बिहान १०ः३० बजे सुरु हुनु पर्ने खेल वर्षाका कारण रोकिएको थियो ।
टस जितेर अमेरिकाले पहिलो ब्याटिङ गर्ने निर्णय लिएको थियो । टेक्सस डालासस्थित ग्रान्ड प्रेरी मैदानमा अमेरिकाका कप्तान मोनांक पटेलले टस जित्दा नेपालले पहिलो फिल्ड गर्ने भएको थियो ।
नेपालले वार्म अपको पहिलो खेलमा सोमबार क्यानाडासँग ६३ रनले पराजित भएको थियो । त्यस्तै अमेरिका र बंगलादेशबीच मंगलबार हुने भनिएको खेल भने खराब मौसमका कारण रद्द भएको थियो ।
वार्म अप खेल भएकाले दुवै टोलीले आफ्नो सबै १५ खेलाडी प्रयोग गर्न पाउने प्रावधान थियो । नेपालले पछिल्लो खेलमा १२ खेलाडी प्रयोग गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्