नेपाल राष्ट्र बैङ्कद्वारा पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेस

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०८२/८३ को पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ । नेपाल राष्ट्र बैङ्कका कायम मुकायम गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाउनु भएको हो ।

कायम मुकायम गभर्नर तिम्सिनाले देशका विभिन्न ठाउँमा पुगेर अध्ययन तथा छलफल गरी प्रतिवेदन तयार पारेको जानकारी गराए । अर्थमन्त्री पौडेलले प्रतिवेदनले आगामी वर्षको बजेट निर्माणमा महत्त्वपूर्ण सहयोग पुर्‍याउने बताएका थिए ।  

frontline

#प्रतिवेदन अर्थ मन्त्रालयमा पेस

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here