नेपालसहितका नेताहरुलाई समेट्ने गरेर साझा मोडालिटी तयार पार्न छलफल

काठमाडौँ । नेकपा (एमाले)को संयुक्त स्थायी कमिटी बैठकका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलका लागि नेताहरुलाई बालुवाटार बोलाउनु भएको छ ।

छलफलमा महासचिव ईश्वर पोखरेल, नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली र प्रधानमन्त्रीका सल्लाहकारलगायत रहेका छन्।

frontline

बालुवाटार स्रोतका अनुसार स्थायी कमिटी बैठकको मोडालिटी तयार पार्नका लागि नेताहरु जुट्नुभएको हो ।

माधवकुमार नेपालसहितका नेताहरुलाई समेट्ने गरेर साझा मोडालिटी तयार बनाएर बैठकको आह्वान हुनेछ । बैठक बस्नुअघि माधव नेपालपक्षसँग एक पटक बसेर सहमति गर्ने तयारी समेत रहेको छ ।

अब बस्ने स्थायी कमिटी बैठक २०७५ जेठ ३ को स्वरुपमा पदाधिकारीसहितको बैठक बस्नेछ ।

माधव नेपालपक्षले यसअघि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता गर्नका लागि आगामी बस्ने बैठकमा प्रधानमन्त्रीले आह्वान गर्नुहुनेछ ।

यसअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टीलाई एकजुट बनाउनका लागि ६ बुँदे आह्वान गरिसक्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here