नेपालले पहिलोपटक अन्तराष्ट्रिय स्तरको आईस स्केटिंङ प्रतियोगितामा सहभागिता जनाउने

जीवनरामश्रेष्ठ

नेपालले इतिहासमा पहिलो पटक अन्तराष्ट्रिय स्तरको आईस स्केटिंङ प्रतियोगितामा सहभागिता जनाउन लागेको हो,
भारतीय आईस स्केटिंङ संघको आयोजना तथा एसियाली आईस स्केटिंङ महासंघ (ASU ) र अन्तराष्ट्रिय स्केटिंङ महासंघ (ISU) संगको सहकर्यतामा हुन लागेको शर्ट ट्रयाक स्पीड आईस स्केटिंङ प्रतियोगितामा नेपालका त्रफ बाट २ जना महिला तथा ४ जना पुरुष खेलाडी हरुले सहभागिता जनाउन लागेका हुन् । नेपाल स्केटिंङ तथा स्केटबोर्डिंङ संघका अधक्ष्य अच्युत खनालका अनुसार प्रतियोगिता आगामी पुष १२ गते देखि १४ गते सम्म भारतको देहेरादुन स्थित माहाराना प्रताप स्पोर्ट्स कम्प्लेक्समा रहेको हिमाद्री अन्तराष्ट्रिय आईस स्केटिंङ रिंक सेन्टरमा आयोजना हुने प्रतियोगितामा नेपाल बाट सिनिअर पुरुष तर्फको १००० मिटरमा रमेश मोक्तान र अरुण खत्वे त्यस्तै जुनिअर महिला तर्फको ५०० मिटरमा परी गुरागाईं र अल्का घिमिरे र पुरुष जुनिअर २५० मिटरमा जेभिअर जंग थापा र सायोन अर्यालले भाग लिने निश्चित भएको छ। त्यस्तै उक्त प्रतियोगितामा टिम म्यानेजरका रुमपा सन्जु श्रेष्ठ तथा अफिशिएलमा संघका महासचिब सत्य थापाले सहभागिता जनाउने छन्,।

frontline


सो प्रतियोगितामा सहभागी हुन जान लागेको नेपालि स्केटिंङ खेलाडीहरुको टिमलाई बिदाई गर्दै नेपाल ओलम्पिक कमिटिका अध्यक्ष्य जीवनराम श्रेष्ठले यस ऎतिहासिक सहभागिता नेपालको लागि खुसीको कुरा रहेको बताउदै शीतकालीन ओलम्पिक खेलको रुपमा रहेको आईस स्केटिंङ खेल नेपालका लागि भूगोल सुहाउँदो खेल भएकोले यस खेलबाट नेपालले मेडल जित्ने बिश्वास व्यक्त गर्नु भयो । स्मरणिय छ नेपाल स्केटिंङ तथा स्केटबोर्डिंङ संघ अन्तराष्ट्रिय स्केटिंङ महासंघको निवेदक राष्ट्रिय संघ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here