नेकपा एमालेको ११औँ महाधिवेशनमा डा. बिरेन्द्रराज शर्मा पोखरेलको विजय

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनबाट अपाङ्गता अधिकार विज्ञ डा. बिरेन्द्रराज शर्मा पोखरेलले ८६.१७ प्रतिशत अत्यधिक मतसहित ऐतिहासिक विजय हासिल गर्नुभएको छ।

उक्त सफलताप्रति उहाँलाई हार्दिक बधाई तथा आगामी कार्यकालका लागि सफल, प्रभावकारी र उपलब्धिमूलक कार्यकालको मंगलमय शुभकामना व्यक्त गरिएको छ। अपाङ्गता अधिकारको क्षेत्रमा लामो समयदेखि योगदान दिँदै आउनुभएका डा. पोखरेलको यो विजयलाई समावेशी राजनीतितर्फको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

frontline

यस सफलताले संयुक्त राष्ट्रसंघीय अपाङ्गता अधिकार सम्बन्धी महासन्धि (CRPD) को धारा २९ अनुसार अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक अधिकार सुनिश्चित गर्ने दिशामा अग्रगामी कदम भएको अनुभूति गराइएको छ। राजनीतिक निर्णय प्रक्रियामा अपाङ्गता भएका व्यक्तिहरूको सार्थक सहभागिता सुनिश्चित गर्ने सन्देशका रूपमा समेत यो विजयलाई अर्थपूर्ण मानिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here