नारायण प्रधान निर्देशित “सपनाको घर” को टिजर सार्वजनिक

फ्रन्टलाइन, काठमाडौँ । जेनेसिस इभेन्टस प्रा.लि. को पहिलो प्रस्तुति रहेको “सपनाको घर” गीतकाे टिजर सार्वजनिक भएको छ । नव गायक आरोहण श्रेष्ठको शब्द रचना तथा गायनमा तयार भएको गीतको म्युजिक भिडियोमा नायिका नम्रता सापकोटा तथा नायक शिशिर शिवाकोटीको अभिनय रहेको छ ।

प्रेम कथामा आधारीत म्यूजिक भिडियोमा रोशन मर्हजन र अनिष तामाङ्गको छायांकन रहेको छ । इलाम, झापा र काठमाडौंको मनोरम दृश्यहरु समावेश गरिएको गीतमा बज्र क्रियशनका कोबिद बज्र र बिकेश बज्रको संगीत रहेको छ । म्युजिक भिडियोलाई निर्देशक नारायण प्रधानले निर्देशन गरेका हुन ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here