नागार्जुनमा फेला परेको श्री नागेश्वरी–सिद्धेश्वर गुफा

सानुराजा पुरी

नागार्जुन–८ भिरकोट, काठमाडौ । २०७८ कार्तिक १ गते सोमबार काठमाडौ जिल्लाको उत्तर–पश्चिमा रहेको नागार्जुन पहाडको करिव फेदि भन्दा अलि माथि नागार्जुन नगरपालिका वडा न. ८ को भिरकोटमा गुफा फेला परेको छ ।

frontline

प्रकृतिकरुपमा रहेको यस गुफाको बारेमा थप अध्ययन र अन्वेषण हुन बाँकी रहे पनि पण्डित दिनेश खनालले बैदिक हिन्दु परम्परा अनुसार गुफा भित्र प्रवेश गरि पूजा आराधना गरि उक्त गुफाको नामाकरण गर्नु भएको छ ।

चौरासी सिद्ध धाम मध्ये एक सिद्ध धाम नागार्जुन भएको र सो पहाडको मध्ये भागमा रहेकोले यस गुफाको नाम नागेश्वरी–सिद्धेश्वर गुफा रहेको पण्डित खनालले बताउनु भयो ।

बागमती प्रदेशका माननीय केशव पोखरेलको जन्म थलोमा रहेको गुफाका बारेमा माननीय पोखरेल यसो भन्नु ुहन्छ “आफ्नै गाउँघरमा पर्यटक आकषिर्त गर्न सक्ने गुफा र मनोरम स्थल भए पनि संरक्षण र प्रचार हुन नसकेकाले आज सम्म धेरै जनालाई यस गुफाको बारेमा थाहा नभएको आफनौ वरिपरिरहेको गुफालाई प्रचार प्रसार गर्न, पूर्वाधार विकास गर्नका लागि आफू सधै तत्पर रहेको, गुफा अलौकिक आश्चर्य र प्राकृतिक यथार्थ भौगर्भिक तथ्य हो ।”

यसलाई संरक्षणका लागि गुफाको विकास र विस्तारका लागि गुरुयोजना बनाउनु पर्ने क्रमिकरुपमा प्रदेश सरकार र स्थानीय सरकारले कार्य गर्ने माननीय पोखरेलले बताउनु भयो ।

गुफा खोज अभियान्ता प्रेम माननधरले अध्ययन, अनुसन्धान र अन्वेषणको अभावमा आज सम्म यस गुफाको बारेमा कहि कतै चर्चा नभएको तर सबैको साथ र सहयोगले यस गुफाको बारेमा थप अध्ययन हुने, गुफा सम्म पुग्ने बाटो लगायतका पूर्वाधार बन्ने वताए ।

गुफाको सम्बन्ध प्रकृति र भूगर्भसँगै मानव समाजको उत्पत्ति, विकास र सभ्यतासँग पनि जोडिएको मानिन्छ । यस विषयका अध्येताहरूले गुफाको महत्वलाई पर्यटकीय आकर्षणका दृष्टिले मात्र हेरेका छैनन्, पुरातत्व, इतिहास, भूगर्भ, धर्म, संस्कृति र सभ्यताको दृष्टिले पनि हेर्ने गरेका छन् । विश्वका कतिपय गुफाको अध्ययन, अनुसन्धान र अन्वेषणबाट मानव जातिसँगका अनेकन् पुरातात्िवक महत्वहरूको उद्घाटन भएको छ ।

अन्वेषण भएका र अन्वेषण हुन बाँकी रहेका कतिपय गुफाका कारण पनि नेपाल रोमाञ्चकारी गुफाहरू भएका देशको रूपमा चित्रित छ । त्यसरी नै काठमाडौको नागार्जुनमा फेला परेको यस गुफाले नगरपालिकालाई फरक तरीकाले चिनाउने भएकोले र गुफा प्राकृतिक दृष्टिले एउटा विशिष्ट आकर्षण भएकोले यस बारेमा गहन अध्ययन गर्न सरोकारवाल निकायको ध्यान जान आवश्यक रहेको छ

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here