धौलागिरी अस्पतालमा कोभिड उपचारका लागि १०० बेड सञ्चालनमा आउँदै

फ्रन्टलाइन बागलुङ्ग, बैशाख ३० | बागलुङ्ग जिल्लाको सदरमुकाम बागलुङ्गमा अवस्थित धौलागिरी अस्पतालमा कोभिड १९ का बिरामीको उपचारका लागि एक सय वटा शैया संचालनमा आउने भएको छ ।

बागलुङ्ग नगरपालिकाको सक्रियता र गण्डकी प्रदेश सरकारको सहयोगमा धौलागिरी अस्पतालमा कोभिड उपचारका लागि एक सय बेड संचालनमा आउन लागेको नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो । उहाँका अनुसार एक सय बेड कोभिड उपचारको प्रबन्धका लागि प्रदेश सरकारले ६० लाख सहयोग गरेको छ ।
देश व्यापी कोरोना संक्रमण तिव्र भएकाले बागलुङ्ग र आसपासका जिल्लामा रहेका कोरोना संक्रमितको उपचार सहजताका लागि नगरपालिका र प्रदेशको सहकार्य र सक्रियतामा सो अस्पतालमा कोभिड उपचारलाई बिस्तार र व्यवस्थित बनाउन लागिएको नगरप्रमुख पौडेलको भनाई छ ।
बागलुङ्ग नगरपालिकाले कोभिड संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनका लागि शव बाहनको समेत प्रबन्ध गरिसकेको छ भने नगरपालिका नागरिकको सुरक्षा र सहजताका लागि अन्य विभिन्न कार्यहरुमा सक्रिय रहँदै आएको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here