धुलिखेलमा ‘परमाणविक केन्द्र’ बनाउन प्रक्रिया अगाडि बढ्यो

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले उक्त केन्द्र निर्माण गर्न लागेको हो । मन्त्रालयका अनुसार योजना सुरु गर्न न्यूनतम रु तीन अर्बको चाहिन्छ । मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीका अनुसार त्यसका लागि पनि दातृ निकायदेखि विश्व बैङ्कसमेतलाई अपिल गरिनेछ ।
News Summary
Generated by OK AI. Editorially reviewed.




- शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले धुलिखेलमा ‘परामाणविक केन्द्र’ निर्माणका लागि प्रक्रिया अघि बढाएको छ।
- केन्द्रको लागि ९२ रोपनी जग्गा उपलब्ध गराइने र यसको निर्माणमा करिब तीन अर्ब रुपैयाँ खर्च हुने मन्त्रालयले जनाएको छ।
- यस केन्द्रले क्यान्सरजस्ता रोगको उपचार र रेडियोधर्मी पदार्थको अनुसन्धानमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
४ असार, काभ्रेपलाञ्चोक। धुलिखेलमा ‘परामाणविक केन्द्र’ (एमटिक रिसर्च सेन्टर) निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ । यसका लागि धुलिखेल नगरपालिका–८ स्थित भाटापोखरीमा जग्गा प्राप्तिका लागि कानुनी प्रक्रिया अघि बढाइएको जनाइएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले उक्त केन्द्र निर्माण गर्न लागेको हो । मन्त्रालयका अनुसार योजना सुरु गर्न न्यूनतम रु तीन अर्बको चाहिन्छ । मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीका अनुसार त्यसका लागि पनि दातृ निकायदेखि विश्व बैङ्कसमेतलाई अपिल गरिनेछ ।
न्युकिलियर मेडिसिन निर्माण तथा सबै क्षेत्रका रिसर्चका लागि यस अनुसन्धान केन्द्र महत्वपूर्ण हुने पुडासैनीले बताए । पुडासैनीले सोमबार जग्गा प्राप्तिका लागि प्रक्रिया अघि बढाइएको स्थलगत निरीक्षणका क्रममा केन्द्रको सुरक्षा र स्थानीयलाई खतरा हुने कुरामा भने कुनै शङ्का नगर्न अपिलसमेत गरेका छन् ।
उनका अनुसार केन्द्र निर्माण भएपछि क्यान्सरजस्ता बिरामीको उपचारको क्षेत्रमा राज्यले ठूलो फड्को मार्ने अपेक्षा गरिएको छ । सेन्टरमा सरकारले सात बर्षअघि पारित गरेको ‘रेडियोधर्मी पदार्थ’ (रेडियोएक्टिभ मेटेरियल)को (उपयोग तथा नियमन) ऐन, २०७७ अनुसारका खोज तथा अनुसन्धान हुने मन्त्रालयले जनाएको छ ।
रेडियोधर्मी पदार्थ भन्नाले अल्फा कण वा बिटा कण वा गामा–रेजस्ता विकीरण पैदा गर्नसक्ने पदार्थ सम्झनुपर्छ । यस्तै कुनै अभ्यास, क्रियापलाप वा संयन्त्रबाट निष्कासित रेडियोधर्मी पदार्थ वा सोसँग सङ्क्रमित चिज वा वस्तुलाई सम्झनुपर्छ।
केन्द्र निर्माणार्थ धुलिखेल नगर कार्यपालिकाबाट निर्णय भइ खोल्सा–खाल्सी र जमिनभित्रको मन्दिर बाहेकका करिब ९२ रोपनी जग्गा दिने निर्णय भइसकेको र जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको वडाध्यक्ष विनोद गौतमले बताए ।
उनका अनुसार वर्षेनी खर्च भएको अर्बौँ रकम जोगाउन र उपचार अभाव तथा औषधिमा भएको परनिर्भरता कम गर्नसमेत यस केन्द्र उपयोगी हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्