धरौटी बुझाएर आजै छुट्दै धवल शमशेर

काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं सांसद धवलशमशेर राणालाई धरौटीमा छाड्न आदेश दिएको छ । 

आजको थुनछेक बहसपछि न्यायाधीश शिवप्रसाद खनालको एकल इजलासले उनलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश गरेको हो । अदालतका एक कर्मचारीका अनुसार उनी धरौटी रकम बुझाउने प्रक्रियामा छन् । ती कर्मचारी भन्छन्,‘तीन लाख रुपैयाँ धरौटीको आदेश भएको छ । उहाँ बुझाउने प्रक्रियामा हुनुहुन्छ ।’ 

frontline

गत चैत १५ गते राजधानीको तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न रहेको अभियोगमा राणाविरुद्ध मुद्दा दायर भएको थियो । घटनालगत्तै पक्राउ परेका उनी पछि उपचारका लागि छुटेका थिए । त्यसपछि फरार रहेका र आज बिहान आफैं अदालत उपस्थित भएका राणालाई धरौटीमा छोडेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here