धरानबाट तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली घटनास्थलतर्फ

खाँदबारी । संखुवासभाको मादि नगरपालिका-१, खोला गाउँमा विभत्स हत्या भएको घटनाको अनुसन्धानका लागि धरानबाट तालिम प्राप्त कुकुरसहित प्रहरी टोली घटनास्थलतर्फ आउँदै छ ।

अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वको टोली आउने क्रममा रहेको घटनास्थलबाट इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए ।

frontline

प्रहरी निरीक्षक खतिवडाले भने, ‘एकै परिवारको शव यत्रतत्र छरिएको अवस्था छ ।’ घटनका बारेमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ । घटनास्थल  सुरक्षित राखिएको छ, टोली आएपछि घटनामा संलग्न र घटनाको वास्तविकता चाँडै बाहिर ल्याइने उनले बताए। 

घटना भएको घरमा रहेका ८५ वर्षीय बौदमान कार्की भने सकुशल नै छन् । बेलुका खाना खाएर सुतेको र बिहान छिमेकीले घटनाबारे जानकारी दिएपछि मात्र घटनाबारे जानकारी पाएको वृद्धा कार्कीले बताएको प्रहरीले जनाएको छ । 

वृद्ध कार्की कान कम सुन्ने भएकाले घटनाका बारेमा थाहा नपाएकी हुन् । उनीकी श्रीमती ८४ वर्षीया पार्वता कार्की भने घरैमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।५८ वर्षीय छोरा तेजबहादुर कार्कीको शव घर नजिकैको सडकमा भेटिएको हो ।

तेजबहादुरकी ५२ वर्षीय कमला र बुहारी ३२ वर्षीया रञ्जना कार्कीको शव घर नजिकैको खोल्सामा भेटिएको हो। नाती ११ वर्षीय दिपेन र नातिनी ७ वर्षीया गोमाको शव करिब ५ सय मिटर घरमाथिको खरबाखरीमा भेटिएको प्रहरी निरीक्षक खतिवडाले बताए । 

बौदमान कार्कीका १० परिवारमध्ये ६ जनाको हत्या भएको हो। घरमा रहेका बौदमान सकुशल नै छन् । उनका नाती मृतक रञ्जनाका श्रीमान रमेश कार्की वैदेशिक रोजगारीका लागि मलेसियमा छन् । 

अर्का नाती नरेश रोजगारीका लागि दुवइमा छन् । नरेशकी श्रीमती तारा भने झापामा बस्दै आएको आफन्तले जनाए । घटनाको कारणबारे खुल्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here