धरानका मेयर हर्क साम्पाङले भेटे प्रधानमन्त्री दाहाललाई

धरानका मेयर हर्क साम्पाङले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन्।

मंगलबार साम्पाङले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटघाट गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।

frontline

उनले लेखेका छन्, ‘खानेपानी, एयरपोर्ट, राजमार्ग, ल्याण्डफिल्ड साइट र उद्योग लगायतका थुप्रै जनताका मागहरू राखियो प्रधान मन्त्रीज्यूलाई।’

काठमाडौं रहेका मेयरले यसअघि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, शिक्षामन्त्री सुमना श्रेष्ठलगायतलाई भेटेका थिए। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here