देश छाड्न चाहनेलाई सुरक्षित सीमा पार गर्न दिन मन्त्रालयद्धारा जारी विज्ञप्तिमा तालिवानी नेतृत्वलाई आग्रह

बुधबार, काठमाण्डु । तालिवानले अफगानिस्तान कब्जा गरेपछि नेपालले पहिलोपटक औपचारिक धारणा सार्वजनिक गरेको छ ।

मंगलबार साँझ परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै अफगानिस्तानमा भइरहेको पछिल्लो विकासक्रमलाई नजिकबाट नियालिरहेको भन्दै सार्क राष्ट्रमा सम्बद्ध सबैलाई अफगानी जनताको सुरक्षाका निम्ति अपिल गरेको छ ।

frontline

‘अफगानिस्तान सार्क सदस्य राष्ट्र भएकाले नेपालले शान्ति र स्थायित्वको आशा गरेको छ । नेपाल जहिले पनि मित्रवत राष्ट्र अफगानिस्तानको समृद्धिको कामना गर्दछ,’ मन्त्रालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

साथै मन्त्रालयले अफगानिस्तानमा विकसित भएको परिस्थितिपछि हवाइ, स्थल वा अन्य सीमा नाकाबाट देश छोड्न चाहने सम्पूर्ण व्यक्तिहरुलाई सुरक्षित रुपमा सीमा पार गर्न दिन तालिवानी नेतृत्वलाई आग्रह पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here