देशको व्यापार घाटा साढे १२ खर्ब नाघ्यो

समाचार सारांश

  • चालु आर्थिक वर्षको १० महिनामा १६ खर्ब ९२ अर्ब ९ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ, जुन गत वर्षको तुलनामा १८.३७% ले बढेको छ।
  • आयात र निर्यात दुवै बढेसँगै व्यापार घाटा बढेको छ, वैशाख मसान्तसम्म १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ व्यापार घाटा पुगेको छ।
  • वैशाख मसान्तसम्ममा १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँको वस्तु आयात भएको छ भने निर्यातमा ७२.७१% वृद्धि भएको छ।

काठमाडौँ । चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म (१० महिना) मा १६ खर्ब ९२  अर्ब ९ करोड रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार भएको छ । गत वर्षको तुलनामा १८.३७ प्रतिशतले व्यापार बढेको भन्सार विभागकाे आज प्रकाशित तथ्यांकमा उल्लेख छ  । गत  वर्षको यस अवधिमा १४ खर्ब २९ अर्ब ५३ करोड रुपैयाँ बराबरको व्यापार भएको थियो ।

चालु वर्षको १० महिनाको अवधिमा आयात निर्यात दुवैको वृद्धिसँगै वैदेशिक व्यापार बढेको छ । ८७.१२ प्रतिशतको आयात हुँदा १२.८८ प्रतिशत निर्यात भएको छ । यसअनुसार देशको व्यापार घाटा साढे १२  खर्ब नाघेको छ ।

frontline

वैशाख मसान्तसम्म १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ बराबर वैदेशिक व्यापार घाटामा गएको विभागकाे तथ्याङ्कमा उल्लेख छ  । जबकि अघिल्लो वर्षको यसै अवधिमा ११ खर्ब ७७ करोड १८ लाख रुपैयाँ रहेको थियो । 

चालू वर्षको वैशाख मसान्तसम्ममा १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँको वस्तु आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । अघिल्लो वर्षको यसै अवधिमा १३ खर्ब ३ अर्ब ३५  करोड रुपैयाँको वस्तु आयात भएको थियो ।

जसअनुसार आयातमा १३.११ प्रतिशतले वृद्धि भएको देखिन्छ । साथै यो वर्षको वैशाख मसान्तसम्म निर्यातमा ७२.७१ प्रतिशतले वृद्धि भएको छ  ।

विभागका अनुसार वैशाखसम्म २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ  । गत  वर्षको यसै अवधिमा १ खर्ब २६ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

#भन्सार विभाग #वैदेशिक व्यापार #आयात निर्यात #व्यापार घाटा

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here