देउवा नेतृत्वको सरकारमा नजाने नेपाल समूहको बैठकको निर्णय

बिहीवार, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा नजाने निर्णय गरेको छ।

सोही प्रस्ताव केन्द्रीय कमिटीको बैठकमा राखेर अनुमोदन गर्दै पार्टी एकताका प्राविधिक कुरामा छलफल हुने बताइएको छ।

frontline

एमाले सचिव भिम आचार्यका अनुसार कार्यदलको १० बुँदे प्रस्ताव नै एकताको आधार भएका कारणले त्यसैमा टेकेर एकता हुने बताए।

उनले अहिले सरकारमा जाने कुरा सम्भव नभएको बताए। ‘एउटै पार्टी प्रतिपक्षमा र सरकारमा पनि हुने कुरा आउँदैन, सरकारमा जाने भन्ने कुरा सोच्ने पनि होइन’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here