दाङमा थप १० दिन निषेधाज्ञा
काठमाडौं । दाङमा थप १० दिन निषेधाज्ञा लम्ब्याइएकाे छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जेठ २५ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।
दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलकाअनुसार अब दैनिक बिहान ६ बजेदेखि ८ बजेसम्म खाद्यान्नका लागि पसल सञ्चालन गरिने भएको छ । बैंकहरू भने पहिलेकै समय अनुसार सञ्चालन हुने छन् ।
निर्माण सामग्री दैनिक बेलुकी ६ देखि ९ बजेसम्म ढुवानी गर्न पाइने छ । गिट्टी, बालुवा, ढुङ्गा ढुवानी दैनिक बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म ओसार पसार तथा उत्खनन् गर्न पाइने भएको छ ।
यस्तै दाङका सिमेन्ट उद्योगका गाडीहरूलाई पनि सञ्चालन गर्न दिइने भएको छ । घोराही सिमेन्ट उद्योगका गाडी बेलुका ५ देखि राती १२ बजे र सोनापुर सिमेन्टको बिहान ९ देखि बेलुका ७ बजे सम्म सञ्चालन गर्न दिइने भएको छ ।
प्रतिक्रिया दिनुहोस्