दल सडकमा उत्रिदा वास्तविक पीडित रनभुल्ल, अराजकताको खतरा

 पछिल्लो समय सडकमा अवरोध सिर्जना हुनेक्रम जारी छ । सडक कतिखेर अवरुद्ध हुन्छ, पत्तै हुन्न । यसका कारणहरु हुन, राजनीतिक दलका सडक प्रदर्शन र शक्ति देखाउने होड । सत्ताधारी दलदेखि प्रतिपक्षीले समेत सडकमा प्रदर्शन गर्दा सर्वसाधारणलाई भने सास्तीको बोझ थोपर्न थालिएको छ । 

सत्ताबाट बाहिरिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सडकमा प्रदर्शन ग¥यो । खवरदारीसभाको नाम दिएर माओवादी केन्द्रले सडकमा मानिस ल्यायो । 

frontline

त्यसपछि पार्टी सभापति रवि लामिछानेमाथि राजनितिक प्रतिशोध साँधिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सडकमा धेरै दिन अवरोध सिर्जना गरिरह्यो । यो श्रृङ्खलामा दलहरुको नाम थपिनेक्रम भने जारी छ । यसमा सत्तारुढ दल नेकपा एमाले पनि थपिएको छ । 

एमालेले प्रतिपक्षी दलहरुलाई चेतावनी दिदै सडकबाट अराजकता निम्त्याउन खोज्ने भन्दै कुर्लियो । यस्तो क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी  पनि थपिने पक्का जस्तै देखिन्छ । 

राप्रपाले देशका विभिन्न स्थानमा कार्यक्रम गरिरहेको छ । यसरी हेर्दा दलहरु आक्रोश पोख्न सडकमा उत्रिएका छन भने उनीहरुको प्रदर्शनले राज्यले ठूलो धनराशी गुमाएको मात्रै छैन्, सर्वसाधारणको दैनिकी समेत खलबलिएको छ ।

काठमाडौंका सडक दिभरजस्तो अस्तव्यस्त हुने गरि गरिने यस्ता प्रदर्शनले दिने सन्देश के ? जनताले पाउने लाभ के ? हिसाब कतैबाट पनि मिलान हुने देखिन्न । 
अराजकताको अन्त्य, सुशासन कायम, स्थिरताको जगबारे जनतालाई जानकारी दिन भन्दै एमालेले गरेको सडक प्रदर्शनको दिन सहकारी पीडितहरुले काठमाडौंमा प्रदर्शन गरिरहेका थिए भने यो शासनले मुलुक बन्दैन भन्दै विवादीत व्यवसायी दुर्गा प्रसाईको समूहले समेत प्रदर्शन गरिरहेको थियो । यसरी हेर्दा कुनैबेला नेपाल बन्दको लहर चलेजस्तै अहिले प्रदर्शनको खतरा बढेको छ ।

कुनैबेला यस्तो समय थियो, जतिबेला पनि नेपाल बन्दको आह्वान हुनसक्थ्यो । यहि कारण प्रायः बन्दको आह्वान हुने र सर्वसाधारणले दुख खेप्ने गर्नाले केहि दलहरु नै जन्मिए । 

उनीहरुले बन्द, हड्तालको विरोध गरेर ख्याति कमाएका थिए । यस्तै पछिल्लो समय सडक प्रदर्शन रोजाईमा पर्न थालेको छ । यसरी प्रदर्शन र भीड बढ्नेक्रममा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा पनि सामेल बनेको छ । 

विप्लव नेतृत्वको नेकपाले काठमाडौंमा गरेको शक्ति प्रदर्शन र त्यसपछि विप्लवले दिएको अभिव्यक्तिले मुलुकको अस्थिरतालाई भने उजागर गरेको छ । विप्लवले अहिले पनि सत्ताको कुनै टुंगो नभएको र यस्तो स्थितिले मुलुक नबन्ने जिकिर गरिरहेका छन् । 

दलहरुले जनतालाई सुशासन दिने र आफ्ना कुराहरु भन्नलाई विज्ञान प्रविधिजस्ता माध्यमको प्रयोग गर्नुको सट्टा सडकमा प्रदर्शन गर्ने र सास्ती थोपर्ने काम गर्दा जनतामा आक्रोश चुलिदो छ । 

सहकारी पीडितहरुले गरिरहेको न्यायको प्रदर्शनमा भन्दा दलको प्रदर्शनमा देखिने भीडले न्याय स्थापित गर्ला ? आशंकामात्रै देखिन्न, यसले सामाजिक, राजनीतिक अराजकता निम्तिने खतरा समेत उत्तिकै बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here