दक्षिणकाली दोश्रो बोसन महोत्सव हुँदै

२०८० चैत्र ३० र २०८१ बैशाख १ गते दक्षिणकाली दोश्रो बोसन महोत्सव आयोजना हुँदैछ ।
शनिबार चाल्नाखेलस्थीत बोतल हाउसमा पत्रकार सम्मेलन गर्दै दक्षिणकाली नगरपालीकाले महोत्सवको बिभिन्न पक्षबारे जानकारी दिएको हो ।

चम्पादेवी पर्यटन प्रवद्र्धन संस्थाको आयोजना तथा दक्षिणकाली नगरपालिका वडा नम्बर १ को सहयोगमा हुने दक्षिणकाली दोश्रो बोसन महोत्सवको उद्घाटन संघिय सांसद तथा समापन पर्यटन मन्त्रीले गर्ने कार्यक्रम रहेको बताइएको छ ।

frontline

‘पर्यटकीय दक्षिणकाली नगर, कृषि उद्यमी साँस्कृतिक शहर’ नाराका साथ दक्षिणकाली क्षेत्रको प्राकृतिक सुन्दरता र ऐतिहासिक कला संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको महोत्सवमा सहभागीलाई अष्टपी गणेश, चापादेवी गाँउ, बोसन गुम्बा, ह्वाइट हाउस तथा होमस्टे अवलोकन भ्रमण गराइनेछ ।

महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारबाट संस्कृतिक कार्यक्रम प्रस्तुतिका साथै साहसीक खेल तथा स्थानिय नगरवासीबाट उत्पादित सामाग्रीको खानाको परिकार समेत प्रदर्शन हुनेछ । विविध पर्यटकीय महत्वका साथै यो क्षेत्रलाई धार्मिक , साँस्कृतिक र साहसिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने भएकोले यसैको प्रवद्र्धनको निम्ति दोश्रो पटक महोत्सव आयोजना गर्न लागिएको दक्षिणकाली नगरपालिका प्रमुख मोहन वस्नेतले जानकारी दिए ।
दक्षिणकाली नगरपालिका वडा नं १ बोसनबाट ऐतिहासिक चम्पादेवी गाउँ, गणेश हिमालका रमणिय दृश्यहरु, स्वयम्भु, उपत्यकाका रमणिय दृश्यहरु, चन्द्रागिरी, टौदहलगायतका प्राकृतिक तथा साँस्कृतिक धरोहरको अवलोकन गर्न सकिने दक्षिणकाली नगरपालिका उपप्रमुख वसन्ती तामाङले जानकारी दिइन् ।

कुला २६ लाख लागत लाग्ने अनुमान गरिएको महोत्सवको आफूहरु पूर्ण तयारीमा जुटेको र महोत्सव भव्य रुपमा आयोजना हुने वडा १ का वडा अध्यक्ष जय थापा मगरले बताए । उपत्यकाबाट यति नजिक रहँदा पनि प्रचारप्रसारको अभाव रहनुमा दुःख व्यक्त गर्दै दोश्रो दक्षिणकाली बोसन महोत्सव आयोजनाको जिम्मेवारी लिएको चम्पादेवी पर्यटन प्रवद्र्धन संस्थाका अध्यक्ष महेश तामाङले
यस पटकको यो महोत्सवले पक्कै पनि यस क्षेत्रको उद्योग तथा पर्यटनको विकासमा टेपा पुग्ने आशा व्यक्त गरे ।

नगरपालीकाले महोत्सव अवलोकन स्थलसम्म पुग्नका लागि निःशुल्क बसको समेत व्यवस्था गरेको नगर प्रमुख मोहन बस्नेतले जानकारी दिए ।
महोत्सवको पूर्व तयारीको बारेमा आयोजना गरिएको पत्रकार सम्मेलनमा स्थानिय संस्था
महर्षि वैदिक इन्सीच्युटका दिपक प्रसाद बास्कोटा, केभिन रोहन प्रतिष्ठानका अध्यक्ष कृष्ण गुरुङ,नेपाल क्योकिसिन काइकान अलाइट कराते एसोसिएसन एण्ड किकबक्सीङ संघका अध्यक्ष विनोद गुरुङलगायतले आ आफ्नो क्षेत्रबाट दक्षिणकाली दोश्रो बोसन महोत्सव सफल बनाउन सहयोग गर्ने जानकारी दिए ।

दक्षिणकाली पहिलो बोसन महोत्सव २०७५ माघ १९ गते भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here