त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वरुप परिवर्तन

श्रोत : ईन्टरनेट

काठमाडौँ । कोरोना महामारीको कारण ढिलाइ भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्य पुन : सुरुचारु भएसँगै स्वरुप परिवर्तन देखिन थालेको छ ।

सरकारले एक मात्र अन्तरराष्ट्रिय विमानस्थललाई अघिल्लो वर्ष वैशाख १ गते बुटिक विमानस्थलको रुपमा घोषणा गर्ने तयारी थियो ।

frontline

तर, कोभिड महामारीका कारण सन् २०२० का लागि घोषित नेपाल भ्रमण वर्ष पनि स्थगित भयो भने सँगै बुटिक विमानस्थलको कामले पनि पूर्णता पाउन सकेन ।

अहिले महामारीकै बीच बुटिक विमानस्थलको रुपमा रुपान्तरणका लागि धमाधम काम भइरहेको छ जसका लागि आवश्यक संरचना निर्माण, साजसज्जा तथा सौन्दर्यकरणका काम जारी रहेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।

उनले विमानस्थलको बुटिक अवधारणा अनुरुप काम अघि बढाइनुका साथै क्षमता विस्तारको काम चलिरहेको र कामले गतिलिँदै जाँदा विमानस्थलको स्वरूप परिवर्तन भएको बारेमा सामाजिक सञ्जालमा तस्बीरहरू सार्वजनिक गरेर जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here