तस्वीरमा हेर्नुस् भारतको हवाई आक्रमणपछिको स्थिति

पहलगाम घटनाका जिम्मेवारहरुविरुद्धको कारबाही भन्दै भारतले मध्यराति पाकिस्तान प्रशासित कश्मिर र पाकिस्तानमा हवाई आक्रमण गरेको छ । पाकिस्तानी प्रधानमन्त्रीले ‘यसको जवाफ दिइने’ बताएका छन् ।

२४ वैशाख, काठमाडौं । भारतले गएराति पाकिस्तान प्रशासित कश्मिर र पाकिस्तानका विभिन्न क्षेत्रमा गरेको हवाई आक्रमणमा परेर कम्तिमा ३० जना मारिएका छन् । कयौं घाइते भएका छन् ।




भारतले दुई साताअघि एक नेपालीसहित २६ जना भारतीय नागरिकको जम्मु कश्मिरको वैसरण उपत्यकामा भएको आतंकवादी हमलाको ‘जवाफी कारबाही’ गरिएको भनेको छ । भारतीय सेनाले ‘न्याय दिइएको’ भन्दै संक्षिप्त प्रतिक्रिया दिएको छ ।
भारतको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘भारतीय सैन्य बलहरुले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मिरमा आतंकवादी संरचनाहरुलाई लक्षित गरेर अपरेशन सिन्दुर चलाएका छन्, जहाँबाट भारतविरुद्ध आतंकवादी हमलाको योजना बनाइएको थियो र निर्देशन दिइएको थियो ।’
तर, पाकिस्तानका प्रधानमन्त्री शहवाज सरिफले ‘कायरतापूर्ण आक्रमण’ भन्दै जवाफ दिइने बताएका छन् । यसपछि दुई देशबीच तनावको स्थिति सिर्जना भएको छ ।
तस्वीरहरुमा हेर्नुस् मध्यराति हमलापछि सिर्जित परिस्थितिः



मानिसहरूले २०२५ मे ७ मा भारतीय प्रशासन अन्तर्गतको कश्मीरको मुख्य सहर श्रीनगर नजिक वुयानमा विमानको टुक्रा भेटेका छन्। पाकिस्तानी अधिकारीहरुले भारतका केही लडाकु विमानहरु खसाएको बताएका छन् । तर, त्यो टुक्रा के हो भन्ने स्पष्ट भइसकेको छैन । तस्वीरः तौसीफ मुस्तफा, एएफपी




ट्रकहरूले लाहोरबाट करिब ३० किलोमिटर टाढा रहेको मुरिद्केमा सडक हुँदै सेनाका ट्याङ्कहरू ढुवानी गरिरहेका छन्। तस्वीरः मुर्तज अली, एएफपी




प्रतिक्रिया दिनुहोस्