डीडीसी लुम्बिनीले किसानलाई ९ करोड भुक्तानी गर्न बाँकी, पुसदेखि पैसा नपाउँदा घरखर्च चलाउन सकस

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ भलवारीका शान्ताराम थारुले ५ वटा भैँसी पालेका छन् । ६१ वर्षका शान्तारामले दैनिक ६० लिटर दूध सोही ठाउँमा रहेको पशुपति दुग्ध उत्पादक संस्थालाई बेच्ने गर्दछन् । विगतमा दुग्ध सहकारीले नियमित रूपमा थारुलाई दिने पैसा गरेको थियो ।

तर पछिल्लो एक वर्ष यता नियमित रूपमा किसानलाई रकम भुक्तानी गर्न सहकारीलाई सकस भएको छ । किनकि किसानसँग ल्याएको दूध सहकारीले उनले दुग्ध विकास संस्थान (डीडीसी)लाई  विक्री गर्ने गरेको छ ।  डीडीसीले सहकारीलाई २०८० साल पुस १५ गतेदेखि यताको रकम दिएको छैन । उक्त सहकारीका सञ्चालक एवं जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ  रुपन्देहीका अध्यक्ष लेखनाथ पाण्डेयले डीडीसीले समयमा रकम नदिँदा किसानलाई भुक्तानी गर्न ढिलाइ भएको बताए ।

frontline

डीडीसीले समयमा पैसा सहकारीलाई नदिएपछि अहिले केही दुग्ध सहकारीहरूले बैक तथा अन्य सरसापट गरेर किसानलाई तिर्नुपरेको रातापाटीलाई बताए । पाण्डेयले  सहकारीले डीडीसीबाट समयमा रकम नपाएका कारणले ढिलाइ भएको किसानलाई जानकारी समेत दिने गरेको खुलाए।

डीडीसीबाट रकम पाउन ढिलाइ हुनेमा पशुपति दुग्ध सहकारी मात्रै होइन, कपिलवस्तुको वाणगंगा दुग्ध सहकारीले पनि ३६ लाख रुपैयाँ पाएको छैन । रुपन्देहीको रुद्रपुर भैँसी विकास संस्थाले २० लाख रुपैयाँ बाँकी छ । डीडीसी बुटवलबाट पैसा नपाउनेमा ७० वटा दुग्ध सहकारी र ८ वटा कृषि फर्म रहेका  छन् ।

बुटवलस्थित डीडीसी लुम्बिनीले ट्याङ्करमार्फत कपिलवस्तुदेखि पूर्व नवलपरासीसम्मका किसानहरूको दूध सङ्कलन गर्ने गर्दछ । दुग्ध विकास संस्थान लुम्बिनीका प्रमुख योगेन्द्र शाहले दूध खरिद गरे बापत पुस १५ देखि असारसम्म ९ करोड रुपैयाँ तिर्न बाँकी रहेको रातोपाटीलाई बताए ।

बुटवलस्थित डीडीसी लुम्बिनीले रुपन्देहीको तिलोत्तमास्थित मणिग्राम, अमुवा, नवलपरासीको बासा, सुनवल, गुल्मीको वलेटक्सार, कपिलवस्तुको चन्द्रौटा र महाराजगन्जमा गरी ७ वटा सङ्कलन केन्द्रमा  पठाउने गर्दछ । 

उक्त कार्यालयका लेखा अधिकृत जितेन ढकालका अनुसार अझै साउन  महिना र अहिले चल्दै गरेको भदै महिनाको हिसाब किताब सङ्कलनको क्रममा रहेकोले ९ करोडबाट भुक्तानी गर्ने रकम वृद्धि हुने बताए ।  

ढिलाइ हुनुको मूल कारण बजारको  चक्रिय प्रणाली

डीडीसी बुटवलमा विभिन्न ७ स्थानका दुग्ध सङ्कलन केन्द्रबाट दूध आउँछ । ती सङ्कलन केन्द्रहरूमा स्थानीय दुग्ध सहकारीले किसानसँग खरिद गरेर दूध ल्याउने गर्दछन् । डीडीसी बुटवलले ती सङ्कलन केन्द्रबाट दैनिक १५ हजार लिटरभन्दा बढी दूध सङ्कलन गर्दै आएको छ । यहाँ सङ्कलन गरेको दूधमध्ये केही डीडीसी बुटवलले खपत गर्ने र बाँकी चितवन, पोखरा लगायतका निजी उद्योगमा बिक्री गर्ने गर्दछ भने केही मात्रामा हेटौँडा केन्द्रमा पनि पठाउँछ ।

दुग्ध विकास संस्थान लुम्बिनीका प्रमुख योगेन्द्र शाहका अनुसार डीडीसीले सङ्कलन गरेको दूध ७५ प्रतिशतभन्दा धेरै पाउडर र मक्खन बनाउन प्रयोग  हुने गर्दछ । दूध बजारमा कम खपत भएको बेला चिज र बटर पनि उत्पादन गर्छ । यस्तै चितवन र पोखराको निजी कम्पनीहरुले उत्पादन गरेको चिज, बटर र पनिर जस्ता बस्तुहरू बजारमा विक्री गरेपछि मात्रै डीडीसी केन्द्रलाई पैसा दिन्छन् ।

अहिले बजारको चक्रीय प्रक्रिया नै ढिलाइ भएको डीडीसी बुटवलका प्रमुख योगेन्द्र शाहले भनाइ छ । जसका कारणले दुग्ध सहकारी संस्था र किसानलाई समस्या परेको हो ।

किसानले दाना नगदमा खरिद गर्नुपर्छ, तर  रकम आउन महिनौँ लाग्न थालेपछि समस्या भएको रुपन्देहीको देवदहका किसान भेषराज पाण्डेयले बताए । हुन पनि विगतमा डीडीसीले पन्ध्र पन्ध्र दिनमा पैसा गरेको थियो, तर यसपटक गत पुसदेखि रकम रोकिँदा किसान मारमा परेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here