डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै २० लाख लिएर ठगको आरोपमा युवती पक्राउ

पक्राउ पर्नेमा दोलखाको बैतेश्वर गाउँपालिका–८ घर भइ भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ गट्ठाघर बस्ने २७ वर्षीया सुजिता अधिकारी छिन् ।
२५ वैशाख, काठमाडौं। डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकी छिन् ।




पक्राउ पर्नेमा दोलखाको बैतेश्वर गाउँपालिका–८ घर भइ भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ गट्ठाघर बस्ने २७ वर्षीया सुजिता अधिकारी छिन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार टेकुबाट पक्राउ गरेको हो ।
आफूले अध्ययनका क्यानडाका भिसा पाएको र डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै एक युवकबाट २० लाख रुपैयाँ ठगी गरेको आरोप छ । २० लाख लिएपछि उनी सम्पर्कबिहिन भएकी थिइन् ।
पक्राउ परेकी उनलाई आपराधिक लाभको कसुमरा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्