ठप्प भयो त्रिवि, उपकुलपति, रेक्टर, रजिस्ट्रार कार्यालय र सेवा आयोगमा तालाबन्दी

News Summary
Generated by OK AI. Editorially reviewed.
- आंशिक प्राध्यापक संघले ६ सुत्रीय माग राख्दै त्रिभुवन विश्वविद्यालयको उपकुलपति, रेक्टर, रजिस्ट्रार र सेवा आयोगमा ताला लगाएको छ।
- संघले \’फास्ट ट्र्याक\’ नामक विज्ञापन तत्काल खारेज गर्न र सबैलाई प्रतिस्पर्धाको अवसर दिन माग गरेको छ।
- उनीहरुले सीमित सिट संख्यामा गरिएको विज्ञापन रोक्न र नियम अनुसार ५ हजार २ सय ३ पदमा नयाँ विज्ञापन गर्न आग्रह गरेका छन्।
३१ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकले उपकुलपति, रेक्टर, रजिस्ट्रार र सेवा आयोगमा ताला लगाएका छन् ।




आंशिक प्राध्यापक संघका अध्यक्ष गोकुल लिम्बूले ६ सुत्रीय माग राखेर ताला लगाइएको बताए ।
त्रिविले अनुसन्धानत्मक विशिष्टको आधारमा (फास्ट ट्र्याक) १०० जना शिक्षकको विज्ञापन खुलाएको विरोधमा आंशिक प्राध्यापक संघले ताला लगाएको हो ।
‘फास्ट ट्र्याकको नाममा लिखित परिक्षा बिना नै अन्तर्वार्ताको आधारमा उप-प्राध्यापक बनाउने नियतका साथ हुन गइरहेको विज्ञापन तत्काल खारेज गरि सबैलाई प्रतिस्पर्धा गर्न पाउने संवैधानिक हक सुनिश्चित गर्न भनेका हौँ,’ अध्यक्ष लिम्बुले भने ।
त्रिभुवन विश्वविद्यालयले सीमित सिट संख्यामा गर्न लागेको विज्ञापन तत्काल रोकेर नियम अनुसार रिक्त रहेको सम्पूर्ण दरवन्दी आउने ६ महिना भित्र सेवा निवृत्त हुने शिक्षकहरुको समेत गरी ५ हजार २ सय ३ को पटकमा तत्काल विज्ञापन गर्नुपर्ने माग आंशिक प्राध्यापकको छ ।
आंशिक प्राध्यापक संघले शुक्रबार ताला लगाएको हो ।



प्रतिक्रिया दिनुहोस्