झोलुङ्गे पुलबाट खसेर एकजनाको मृत्यु

१६ असोज, धनगढी । कैलाली र कञ्चनपुर जोड्ने झोलुङ्गे पुलबाट खसेर एकजनाको मृत्यु भएको छ । मोहना नदीको झोलुङ्गे पुलबाट खसेर धनगढी उपमहानगरपालिका–१३ बस्ने ६० वर्षीय फुलराम डगौराको मृत्यु भएको हो ।

झोलुङ्गे पुलले धनगढी उपमहानगरपालिका–१३ लाई कञ्चनपुरको राजघाटसँग जोड्ने गर्छ ।

frontline

आइतबार दिउँसो पुलबाट खसेका उनको स्थानीयले उद्धार गर्दैगर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here