जलस्रोत विधेयक मन्त्रिपरिषद्बाट फिर्ता

प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैबाट पारित भएर मन्त्रिपरिषद् पुगेको यो विधेयक फिर्ता गर्ने निर्णय भएको हो ।
२ असार, काठमाडौं । सरकारले जलस्रोत विधेयक फिर्ता गर्ने निर्णय गरेको छ ।




सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक फिर्ता गर्ने निर्णय गरेको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।
प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैबाट पारित भएर मन्त्रिपरिषद् पुगेको यो विधेयक फिर्ता गर्ने निर्णय भएको हो ।
धेयकको प्रारम्भिक मस्यौदा ३१ जेठ २०८१ मा तत्कालीन ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले संसद्मा दर्ता गराएका थिए ।
तर, उक्त विधेयक विदेशीको समेत स्वार्थमा रहेको शंकापछि प्रधानमन्त्री केपी शर्मा ओलीले चासो राखेका थिए ।
आजको बैठकमा पनि यही विधेयकबारे अधिकांश समय चर्चा भएको थियो ।
प्रतिक्रिया दिनुहोस्