चीन विश्वासिलो विकास साझेदार

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सव मनाउने क्रम जारी छ । नेपालको नीति अनुसन्धान प्रतिष्ठान र चीनको चाइनिज एकेडेमी अफ सोसल साइन्सेजअन्तर्गत नेसनल इन्स्टिच्युट अफ इन्टरनेसनल स्ट्रयाटिजीले काठमाडौंमा संयुक्त कार्यक्रमको आयोजना गरेर वार्षिकोत्सव मनाएका छन् ।
परराष्ट मन्त्रालयका सचिव अमृतबहादुर राईले कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाल र चीनबीचको सम्बन्ध मजबुत हुँदै गइरहेको बताए । चीन नेपालको विश्वासिलो विकास साझेदार भएको उल्लेख गर्दै उनले कार्यक्रम दुवै मुलुकले सामना गरिरहेको साझा चुनौतीहरुमा ताजा अन्तर्दृष्टि उत्पन्न गराउन सफल भएको विश्वास व्यक्त गरे ।




‘मलाई विश्वास छ कि यो सेमिनार विकसित हुँदै गइरहेको साझा चुनौतीहरुमा ताजा अन्तर्दृष्टि उत्पन्न गर्न सफल हुनेछ’,उनले भने,‘अझ महत्वपूर्ण कुरा यसले हाम्रो प्रगतिको समीक्षा गर्ने, मित्रता, पारस्परिक सम्मान र समृद्धिको दृष्टिकोणद्वारा निर्देशित नेपाल–चीन सहयोगको रणनीतिक साझेदारीलाई बलियो बनाउन नयाँ अवसरहरु अन्वेषण गर्ने अवसर प्रदान गर्नेछ ।’

त्यसैगरी, नेपालस्थित चिनियाँ राजदूतावासका सल्लाहकार वाङ सिनले मानव जातिको साझा भविष्य भएको समुदाय निर्माण गर्न चीन नेपालसँग काम गर्न इच्छुक भएको बताए । उनका अनुसार द्विपक्षीय सम्बन्धको विकासका लागि चीनले सदैव नेपाललाई नीतिगत सुझावहरु प्रदान गर्नेछ ।
उनले भन्छन्,‘नयाँ ऐतिहासिक शुरुवात विन्दुमा उभिएर, चीन मानव जातिको साझा भविष्य भएको समुदाय निर्माण गर्न नेपालसँग काम गर्न इच्छुक छ ।’ दुवै मुलुकबीच सहकार्यका निम्ति समझदारी पत्रमा हस्ताक्षर पनि भएको छ ।
प्रतिक्रिया दिनुहोस्