चीनको १० प्रान्तमा तीव्र गर्मीलाई छल्न ‘क्लाउड सिडिङ’ प्रविधिको प्रयोग

१३ भदौ, काठमाडौं । चीनका कम्तीमा १० प्रान्तले तीव्र गर्मीलाई छल्न ‘क्लाउड सिडिङ’ प्रविधिको प्रयोग गरेका छन्।

बादललाई पानी पार्ने क्षमता प्रदान गर्नका लागि यो प्रविधि अपनाइएको ग्लोबल टाइम्सले जनाएको छ।

frontline

पछिल्लो ६ दशक यताकै उच्च तापक्रम भएसँगै यसलाई नियन्त्रणका लागि पानी पार्न कृतिम बादल छरिएको हो।

यस प्रविधिले तापक्रम घटाउनुका साथै खडेरी नियन्त्रण गर्दै आएको छ। चीनले यो प्रविधिले पर्यावरणमा कुनै पनि असर नगर्ने बताएको छ।

चीनको सिचुवान प्रान्त र छोङचिन महानगरपालिकामा बिहीवार ‘क्लाउड सिडिङ’ गरिएको थियो। यसलगत्तै त्यहाँ शनिवारदेखि बिहीवारसम्म मध्यम तथा भारी वर्षा हुने अपेक्षा गरिएको छ।

चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले शनिवार आगामी १० दिनसम्म पश्चिम चीनमा पटक-पटक पानी पर्ने जनाएको छ।

त्यस्तै, पूर्वी चीनको आनहुई र जियाङसु प्रान्त तथा मध्य चीनको हुपेइ प्रान्तले हालै मात्र क्लाउड सिडिङ गरेका थिए।

बिहीवार मात्र छोङछिङमा पानी परेको थियो। यस्थानीय मौसम विज्ञान विभागले चार वटा कृतिम वर्षा वृद्धि गर्न रकेट प्रक्षेपण गरेको थियो।

त्यहाँ अगस्ट ७ पछि पहिलो वर्षा भएको थियो। क्लाउड सिडिङपछि त्यहाँको तापक्रम ९.२ डिग्री सेल्सियसले घटेको समाचारमा उल्लेख छ।

यस्तै, बिहीवार नै सिचुवान प्रान्तको मौसम विज्ञान विभागले दुई वटा ड्रोन परिचालन गरी क्लाउड-सिडिङ गरेको थियो। त्यहाँ ६ सय वर्ग किलोमिटरसम्म क्लाउड सिडिङ गरेको थियो।

अगस्ट १ देखि बिहीवारसम्म मात्र चीनले ९१ वटा क्लाउड सिडिङ फ्लाइट गरेको गरेको थियो। यी उडानले २६० घण्टा उडेर एक लाख १६ हजार रेन बम र २५ हजार वर्षा वृद्धि रकेट छाडेको थियो। त्यस्तै, दुई हजार प्रज्वलित ज्वालाहरु जमिनतर्फ फालिएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here