चीनको कारखानामा रोबोटले गर्‍यो मानिसमाथि आक्रमण (भिडियो सहित)

भिडियोमा रोबोटलाई एउटा सानो क्रेनले बाँधिएको देखिन्छ । अचानक उक्त रोबोटले रिसले जोडसँग हातलाई हल्लाउन सुरु गर्दछ । त्यसपछि नजिकै बसेको एक व्यक्ति कम्प्युटरबाट हटेर झुक्न बाध्य हुन्छन् । अर्को व्यक्ति, जो उसको पछाडि उभिएका थिए, उनी पनि आत्तिएर पछाडि हट्छन् ।

२४ वैशाख, काठमाडौं । चीनको एउटा कारखानाको सिसिटिभी फुटेज सार्वजनिक भएपछि त्यसले सोसल मिडियामा तहल्का मच्चाएको छ ।

frontline

उक्त भिडियो क्लिप मा एउटा ह्युमनोइड रोबोटले आफ्नो सुपरीवेक्षकमाथि नै आक्रमण गरी आफूलाई बाँधेको चेन फुस्काउने कोसिस गरेको देखिएको छ । उक्त भिडियोले डरलाग्दो भविष्यको स्मरण गराएको भनी आम रुपमा चर्चा भईरहेको छ ।

भिडियोमा के देखियो ?

भिडियोमा रोबोटलाई एउटा सानो क्रेनले बाँधिएको देखिन्छ । अचानक उक्त रोबोटले रिसले जोडसँग हातलाई हल्लाउन सुरु गर्दछ । त्यसपछि नजिकै बसेको एक व्यक्ति कम्प्युटरबाट हटेर झुक्न बाध्य हुन्छन् । अर्को व्यक्ति, जो उसको पछाडि उभिएका थिए, उनी पनि आत्तिएर पछाडि हट्छन् ।

रोबोटले आफ्ना हात माथि उठाएर पटक पटक तल झार्दछन् र त्यो प्रक्रिया विस्तारै अझै आक्रामक बन्दै जान्छ । रोबोटले अझै अगाडि बढ्ने प्रयास गर्दछ र आफूलाई बाँधिएको बन्धनबाट मुक्त हुने कोसिस गर्दछ ।

त्यस क्रममा एउटा कम्प्युटर मनिटर खस्दछ र डेस्कका अन्य वस्तुहरु पनि छरिन्छन् । अन्त्यमा एकजना व्यक्तिले क्रेनलाई तानेर रोबोटलाई रोक्ने प्रयास गर्दछन् । उक्त घटना मे १ तारेखको हो, र सोसल मिडियामा तिव्र गतिमा भाइरल बनिरहेको छ ।

अघिल्ला घटनाहरू

यसअघि मार्च महिनामा स्पेनको बार्सिलोनामा भएको मोबाइल वल्र्ड कंग्रेसमा जब विश्वको सबैभन्दा उन्नत ह्युमनोइड रोबोट ब्mभअब सँग रोबोटले मानिसको जागिर खाइदिन्छ कि भनेर सोधिएको थियो । त्यसक्रममा उसले जवाफ दिएको थियो ः थाहा छैन । तपाइँले आफ्नो जागिर कति राम्रोसँग गर्नुहुन्छ ? सायद तपाइँ कति असल हुनुहुन्छ भन्नेमा यो निर्भर हुन्छ ।

के रोबोटले दुनियामाथि कब्जा गर्ला ? भन्ने प्रश्नमा उसले भनेको थियो : यो निकै रोचक प्रश्न हो । तर उत्तर दिनका लागि यो मेरो रुचीको विषय होइन ।

Erbai र १२ रोबोटको विद्रोह

गत नोभेम्बर महिनामा चीनमा एउटा शोरुममा रातको समयमा एआईबाट सञ्चालित रोबोट भ्चदबष् को हर्कत देखिएको थियो । उक्त रोबोटले १२ वटा अन्य ठूला रोबोटलाई तिमीहरुले नोकरले जस्तै गरेर काम गरिरहेका छौ भनेर उक्साइरहेको थियो ।

एरबाइले ती रोबोटहरुले के तिमीहरुले अतिरिक्त समय काम गरिरहेका छौ ? भनेर सोध्दा एउटा रोबोटले आफूहरुले कहिल्यै पनि विदा नलिने जवाफ दियो ।

त्यसपछि सबै १२ वटा रोबोटहरु एकाएक शोरुमबाट बाहिर निस्किए र एरबाइ रोबोटको पछि लागेर हिँडे। मानिसहरुले उक्त घटनालाई रोबोट क्रान्ति नामाकरण गरे । साथै कतिपयले अब विज्ञान आख्यान यथार्थमा परिणत भएको टिप्पणी गरेका थिए । एजेन्सीको सहयोगमा

कारखाना चीन रोबोट

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here