चिसो बढ्दै जाँदा वायु प्रदूषण बढ्दै, शतर्क रहन आग्रह, प्रदूषणले खतराको सूचक नाघ्यो

फाइल तस्बिर

२६ कार्तिक, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले चिसो बढ्दै गएकोले सतर्क रहन आग्रह गरेको छ । महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जाडो मौसम शुरु भएसँगै चिसो बढ्दै गएकोले चिसोबाट बच्न शतर्क रहन आग्रह गरेका छन् ।

उनले गत १० दिनको तापक्रम हेर्दा काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको बताए । वरिष्ठ मौसमविद् पौडेलका अनुसार गत १० दिनमा काठमाडौंको तापक्रम १७ डिग्रिबाट ८ डिग्रि सेल्सियससम्म झरेको छ ।

frontline

कार्तिक महिनामा नै जुम्लाको तापक्रम माइनस वान डिग्रि सेल्सियससम्म पुगेको छ । आगामी दिनमा काठमाडौं उपत्यकाको तापक्रम घटेर माइनस वा जिरो डिग्री सेल्सियससम्म पुग्ने अनुमान महाशाखाले गरेको छ ।

वरिष्ठ मौसमविद् पौडेलले भने, ‘यो हप्ता दिन १० दिन भयो, खास गरी नेपालको विभिन्न स्थानको बिहानको र रातीको न्यूनतम तापक्रम (चिसिने क्रम)बढ्दै गएको देखिन्छ, कात्तिक महिनामा नै यत्ति चिसो हुँदै जाँदा विशेष गरेर रातिको आकाश खुल्ला अवस्थामा छ, दिनहरु पनि छोटो हुँदै जान्छ,हिजो आजको मोसम हेर्दा नेपालको केसमा हामीसँग भएको मौसम केन्द्रको तथ्यांक हेर्दा जुम्लामा माइनस वानसम्म पुगेको अवस्था छ, काठमाडौंमा ९ डिग्रिसम्म आएको अवस्था छ, तापक्रम माइनस वा जिरोको आसपास जान सक्छ यो वर्ष, अझै जाडो आउने दिनहरु मंसिर, पुस, माघ महिना बाँकी नै छ, कात्तिकमै यत्तिको जाडो हुँदा यही क्रमले अलि जाडो हुने देखिन्छ ।

’वरिष्ठ मौसमविद् पौडेलले भारत र चीनमा पनि प्रदूषण बढिरहेकोले नेपालमा पनि जाडोयाममा मुख्य शहरहरुमा प्रदूषण बढ्न सक्ने बताए। उनले लामो समयसम्म खडेरी भएमा प्रदूषण वायु मण्डल नजिकै बस्ने र हावा नचल्ने भएकोले काठमाडौँ लगायत वीरगञ्ज, धनगढी, नेपालगञ्ज, र जनकपुर जस्ता शहरहरुमा आगामी दिनमा प्रदूषण बढ्ने बताए ।

वरिष्ठ मौसमविद् पौडेलले प्रदूषणबाट बच्न स्थानीय, प्रदेश र केन्द्र सरकारले अहिलेदेखि नै तयारीमा लागेर जनधनको क्षति हुन नदिने तर्फ लाग्न आग्रह गरे ।

वायु प्रदूषणले खतराको सूचक नाघ्यो

हरेक वर्ष जाडो मौसम शुरु भएसँगै वायु प्रदूषण बढ्न थाल्छ । यस वर्ष पनि मौसम चिसिँदै जाँदा वायु प्रदूषणको मात्रा बढ्न थालेको छ । बुधबार काठमाडौं उपत्यका बाहिरका पाँच ठाउँमा वायु प्रदूषणले खतराको सूचक नाघ्यो । सामान्यतया वायु गुणस्तर मापन (एक्वीआई) १०० वा सोभन्दा कम हुनुपर्ने बताइन्छ ।

तर बुधबार वातावरण विभाग अन्तर्गतको वायु प्रदूषण मापन केन्द्रले पोखराको वायु गुणस्तर मापन १७६ पुगेको उल्लेख गरेको छ । त्यस्तै, विराटनगर र महेन्द्रनगरको एक्वीआई १५९ पुगेको छ ।

वायु प्रदूषण मापन केन्द्रको तथ्यांक अनुसार बुधबार पोखराको हावामा मिसिने धुलोको कण नाप्ने सूचक पीएम १० को मात्रा ११२।९९ माइक्रोग्रामरक्युबिक मिटर मापन गरिएको थियो ।

सोही ठाउँको हावामा कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइड जस्ता हानिकारक ग्यासको मात्रा मापन गर्ने पीएम २.५ को मात्रा १०६।०९ माइक्रोग्राम÷क्युबिक मिटर मापन गरिएको थियो ।

बुधबार काठमाडौंको कीर्तिपुरमा रहेको मापन केन्द्र, भरतपुर र जनकपुरको वायु प्रदूषण मापन केन्द्र आसपासको हावामा पनि औसतमा हुनुपर्नेभन्दा धेरै प्रदूषण देखिए पनि खतराको तह पार गरिनसकेको केन्द्रले जनाएको छ ।

जाडो मौसममा हावा पनि चिसो हुन्छ । चिसो हावाको घनत्व बढी हुने यो तातो हावा जस्तो सहजै उडेर जान सक्दैन । चिसो हावाको माथिल्लो तहमा तातो हावा हुन्छ । यसरी चिसो र तातो हावाको तहले प्रदूषणलाई यही वायुमण्डलभित्रै अवरोध सिर्जना गर्छ ।

जसले गर्दा जाडो मौसममा प्रदूषण बढी हुने गर्छ । यसरी चिसो मौसममा बढी प्रदूषण हुँदा धुम्रपान नगर्नेहरुमा पनि फोक्सोको क्यान्सर बढ्ने गरेको त्रिवि शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ डा. निरज बम बताउँछन् ।

प्रदूषणले गर्दा मानिसमा एलर्जी मात्रै नभएर हृदयघात, मधुमेह नियन्त्रण नहुने जस्ता समस्या देखिने चिकित्सकहरु बताउछन् । मुटुरोगबाट हुने मृत्युमध्ये २० प्रतिशतभन्दा धेरैको वायु प्रदूषणका कारण हुने गर्छ ।

त्यस्तै, फोक्सोको कारण हुने मृत्युमध्ये ४३ प्रतिशत मृत्युमा प्रदूषणको भूमिका रहेको चिकित्सकहरू बताउँछन् । विभिन्न अध्ययनले देखाएअनुसार प्रदूषणको असरलाई हेर्ने हो भने झनै भयावह अवस्था देखिन्छ । प्रत्येक वर्ष नेपालमा ४२ हजार १०० जनाको मृत्युमा प्रदूषण पनि कारण हुने गरेको स्टेट अफ ग्लोबल एयर रिपोर्ट–२०२० को आँकडामा उल्लेख छ ।

प्रदूषणका कारण सीओपीडी (फोक्सोसम्बन्धी) रोग लागेर सबैभन्दा धेरैले ज्यान गुमाउने गरेको अध्ययनले देखाएको छ । फोक्सोसम्बन्धी समस्याबाट मृत्यु हुनेमध्ये ६६ प्रतिशतले प्रदूषणकै कारण ज्यान गुमाउनु परेको देखाएको छ ।

त्यस्तै, मुटुको रोगबाट ज्यान गुमाउनेमध्ये पनि २४ प्रतिशतको मृत्यु वायु प्रदूषणकै कारण हुने गरेको विज्ञहरु बताउँछन् । विज्ञहरुका अनुसार वायु प्रदूषणको सबैभन्दा ठूलो असर फोक्सोमा पर्ने गर्छ ।

वायुमा हुने दूषित कण श्वासप्रश्वास मार्फत शुरुमा फोक्सोमा पुग्छ । त्यसैले यसमा बढी असर देखिन्छ । अन्तिममा हातखुट्टामा पनि असर देखिन्छ ।

तर मृत्युतर्फ हेर्ने हो भने सबैभन्दा धेरै प्रदूषणकै कारण ज्यान जाने गरेको छ ।अध्ययनअनुसार बच्चाहरुको मृत्यु, समयभन्दा अघि नै बच्चा जन्मिनु, जन्मिँदै अपाङ्ग भएर जन्मिने जस्ता समस्या पनि प्रदूषणका कारण हुने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here