चिनियाँ धानमा बाला नलागेका किसानले क्षतिपूर्ति पाउने

२ मङ्सिर, काठमाण्डाै : चिनियाँ धान (डिवाई–२८) जातको धानमा बाला नलागेका किसानले क्षतिपूर्ति पाउने भएका छन् । डिवाई–२८ जातको धानको बिउ सिफारिस नगरेको क्षेत्र काठमाण्डौ, भक्तपुर, ललितपुरमा किसानले एग्रोभेटबाट बिउ खरिद गरी रोपेका थिए ।

बिउ आयात तथा वितरण गर्ने काठमाण्डौ कालिमाटीको काष्ठमण्डप ट्रेड प्वइन्टले किसानलाई क्षतिपूर्ति दिने गरी सहमति भएको बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्रले जनाएको छ ।

frontline

धानमा बाला नलागेर क्षति भएको क्षेत्रका किसान, पालिकाका प्रतिनिधि, कृषि शाखा प्रमुख, व्यापारी, नार्क तथा बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र, किसान आयोगबीच आज बुधवार भएको छलफलपछि बिउ आयात तथा वितरण गर्ने व्यापारीले प्रति रोपनी दुई हजार दुई सय ५० रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको हो । उसले पुस १५ सम्म क्षतिपूर्ति दिनुपर्नेछ ।

प्रारम्भिक तथ्याङ्कअनुसार बाला नलागेको क्षेत्र दुई हजार आठ सय ७० रहेको छ । अहिलेसम्म क्षतिको विवरण नटिपाएका किसानलाई सात दिनभित्र पालिकामा टिपाउन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here