गृहमन्त्रीको घरमा आगो लगाएका प्रदर्शनकारीको निशानामा सुरक्षागार्ड

पाकिस्तानमा प्रदर्शनकारीले सिन्ध प्रदेशका गृहमन्त्री जियाउल हसन लञ्जरको घर जलाइदिएका छन् । प्रदर्शनकारीले घरको सुरक्षामा खटिएका प्रहरीलाई समेत कुटपिट गरेको खबर छ । 

सिन्ध नदीमा नहर बनाउने सरकारको निर्णयविरुद्ध हिजो दिउँसो एक राष्ट्रवादी संगठनका कार्यकर्ताले प्रदर्शन गर्ने क्रममा प्रहरीसँग झडप भएको थियो । त्यसपछि गृह मन्त्रालयले दमन गरेको भन्दै प्रदर्शनकारीले मन्त्री हसनको घरमा आगो लगाइदिएका हुन् । 

frontline

सरकारले नहर बनाएर स्थानीय किसानको जमीन र पानी खोस्न खोजेको प्रदर्शनकारीको आरोप छ । उनीहरुले दुई सरकारी गाडीमा समेत आगजनी गरेका छन् । 

पाकिस्तानी टेलिभिजन जियो टिभीका अनुसार सरकारले सिन्ध नदीको पानी नहरमार्फत् चोलिस्तान पुर्याउने परियोजना अघि बढाउँदैछ । उक्त परियोजनाबाट चोलिस्तानको हजारौँ एकड सुख्खा जमीनले सिचाइँ पाउने बताइन्छ । तर सिन्धका नागरिकले भने आफ्नो पानी खोस्न लागेको भन्दै सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here